साझा नेटवर्क
कमल पौडेल, बागलुङ आषाढ १८ ।
हिजो देखि लगातार परेको वर्षाको कारण माथिवाट पहिरो खस्दा बागलुङको रिघामा यम वहादुर पुनको घर गोठ पुरिएको छ। सोहि स्थानका अन्य पाँच घर उच्च जोखिममा रहेको प्रहरी चौकी खर्वाङले जानकारी दिएको छ।

रिघा गाविसको वार्ड नं. १ र २ को सिमानामा रहेको सर्केढुङ्गा वस्ति नै माथिवाट आएको पहिरोले पुरीन सक्ने भन्दै प्रहरीले अधिल्लो हप्ता स्थानियलाई छिमेकिको घरमा सारेकोले मानविय क्षति नभएको बताइएको छ । रिघा सिसाखानी मोटरवाटो खन्ने क्रममा थुप्रियको माटोको कारण पहिरो गएको स्थानियले बताएका छन । पहिरोबाट यम वहादुरको १५ वटा माहुरिका घार पनि पुरिएका छन् ।

पहिरो थप वढ्न सक्ने भएकोले वार्ड नं. १ का यम वहादुर पुन संगै दिपक श्रीस र धन वहादुर श्रीस तथा वार्ड नं.२ सर्केढुङ्गाका फुल कुमार काउचा, धन वहादुर राना र मन वहादुर काउछाको परिवार विस्थापित भएको छ । ६ घर परिवारका ३७ जनालाई आफन्त तथा छिमेकिको घरमा सारीयको खर्वाङ प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक खिम वहादुर खत्रिले जनाकारी दिनुभएको छ।
यसैगरी लगातार परेको वर्षाको कारण शिसाखानी गाविसको वार्ड नं. ५ साल्फेदमा रहेको कन्चनादेवि प्रा.वि.को नयाँ दुई कोठे भवन जोखिममा परेको छ। माथिवाट खसेको पहिरोको कारण सो भवन जोखिममा परेको बताइएको छ । शिसाखानी गाविसको वार्ड नं. ९ मा रहेको देविस्थान प्रा.वि.को नयाँ दुईकोठे भवन पनि जोखिममा परेको छ। भवनको तल पट्टिबाट पहिरो खसेपछि विद्यालय जोखिममा परेको हो ।

दगातुन्डाडा ७ खर्वाङमा रहेको त्रिभुवन उमाविको नयाँ भवनको पछाडि पट्टि पहिरो खसेको छ । तत्कालै थप क्षति नहोस भन्नको लागि पहिरो पन्छाउने काम सुरु गरिएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष शेर वहादुर श्रीसले जानकारी दिनुभएको छ। लगातार परेको वर्षाको कारण मध्य पहाडि लोकमार्गको बागलुङ वुर्तिवाङ सडक खण्ड अन्तर्गत दगातुन्डाडा र ग्वालीचौरको सिमानामा रहेको न्वार लब्दी खोलाको वहाव वढ्दा यातायात ठप्प भएको छ।
तेस्तै बागलुङको दगातुन्डाडा सक्यारमा पर्ने भिरमा पनि पहिरो खसिरहेको छ । सो पहिरोलाई निरन्तर हटाउने कार्य भैरहेको निर्माण कम्पनिले जनाएको छ। सो लोकमार्गको खण्डमा अन्य स्थानका पुल वनेपनि लब्दीखोलाको पुल नवन्दा यो वर्षपनि यात्रुले वर्षायाम भर सास्ती खेप्नु पर्ने भएको छ। तिन वर्ष पहिलेनै काम सुरु गरेपनि हालसम्म दुई वटा पिल्लर राख्नु वाहेक कुनै काम हुन सकेको छैन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend