साझा नेटवर्क
कमल पौडेल, बागलुङ आषाढ १८।
खर्वाङ होटल व्यावसायी संघ दगातुन्डाडाको दाश्रो साधारण सभा जिविस हल खर्वाङमा सम्पन्न भएको छ । सभाले आगामी कार्यकालको लागि धन वहादुर वुढाको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा श्रीमाया सलामी, सचिवमा दिलिप कुमार पुन (दुर्गा), उप सचिवमा पार्वति वन, कोषाध्यक्षमा लाल वहादुर केसि रहनु भएको छ। त्यस्तै सदस्यहरुमा हरि घिमिरे, भिम वहादुर रेश्मी, सानु राना, शुसिला चौधरि, कोपिल शेरचन, र चन्द्रकला राना (धना) रहनु भएको छ। त्यस्तै सभाले सुनिल शेरचनको संयोजकत्वमा ३ सदस्यिय सल्लाहकार समितिको गठन गरेको छ । गिता घिमिरे र रिम बहादुर पुन रहनु भएको छ।
भेलाले दगातुन्डाडामा रहेका होटलहरुको वर्गिकरण गर्ने र वर्गिकरण अनुसार दर्ता प्रक्रिया संचालन गर्ने निर्णय गरेको छ । साधारण सभाको उद्घाटन सत्रमा प्रमुख अतिथि होटल व्यावसायी संघका सल्लाहकार सुनिल शेरचनले होटलहरु कानुनि दायरा भन्दा वाहिर जान नहुने भन्दै सवैको हकहितको लागी संघ फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ।
कार्यक्रममा नेपाली काग्रेस दगातुन्डाडाका सभापति सुवेदार रत्न वहादुर क्षेत्रि, दिदि वहिनि वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शान्ति अधिकारी, प्रहरी चौकी खर्वाङका इन्चार्ज प्रहरी नायव निरिक्षक खिम वहादुर खत्रि, महिला जागरण केन्द्रका उपाध्यक्ष हिमा खरेल, सिवाईसि शाखा कार्यालय खर्वाङका वरिष्ठ प्रवन्धक शान्ति शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम संस्थाका कोषाध्यक्ष लाल वहादुर केसिको अध्यक्षता तथा सचिव धन वहादुर वुढाको संचालनमा सम्पनन भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend