साझा नेटवर्क
जापान, आषाढ १६ ।
अभिनेत्री गौरी मल्ललाई जापानमा बस्ने नेपालीले दुर्व्यवहार गरेको समाचार सार्वजनिक भएको छ । अभिनेत्री मल्लले टोकियो स्थित नेपाली राजदूतावासमा आफुमाथि दुव्र्यवहार भएको उजुरी दिएकी छिन ।
ललितपुरको भैंसेपाटी घर भई जापानको साइतामा केनमा बस्ने शाक्य थरका एक नेपालीले उनीमाथि दुर्व्यवहार गरेको उजुरी दिएकी हुन । अभिनेत्रि गौरीलाई ती व्यक्तिले ताकेता गरेर जापान बोलाएको उजुरीमा उल्लेख छ । जापानका स्थापित फिल्मकर्मीहरु सम्म आफ्नो पहुँच रहेको भन्दै ती व्यक्तिले गौरीलाई जापानको कला क्षेत्रमा काम दिलाउने प्रलोभन देखाएर जापान बोलाएका थिए ।
गौरी गत मार्चमा जापानमा पुगेकी थिइन । जापान पुगेपछि आफू ती व्यक्तिबाट शारीरिक तथा मानसिक दुर्व्यवहार एवं यौन हिंसाको शिकार हुनु परेको गौरीको भनाइ छ । उनले त्यसबेला जापानमा करिब एक महिना बिताएकी थिइन । हाल उनी नेपाल फर्कि सकेकी छिन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend