logo
  • शनिबार, साउन ३० २०८३

धर्म परिवर्तनकारीहरुको निशाना नै सार्वजनीक स्थलहरु


  • दिपेन्द्र श्रेष्ठ
  • शनिबार, साउन ३० २०८३

DSC_2657-1-1-1दिपेन्द्र श्रेष्ठ, बुटवल आषाढ १६।
नेपालमा पछिल्लो समय धर्म परिवर्तन गर्नेको लहर  भाइरल जस्तै बनेर फैलिरहेको पाइन्छ । ग्रामिण भेगका क्षेत्रमा रहेका गाउका घर घरमा किताब बाड्दै धर्म परिवर्तन गराउन हिड्नेहरु पनि प्रशस्त मात्रामा देख्न पाइन्छ । कसैले लहलहैमा त कसैले पैसाको प्रलोभनमा धर्म परिवर्तन गर्ने गरेको देखिन्छ । नेपालको कानुन अनुसार सबै धर्मावलम्बीहरुले आफ्नो आफ्नो ठाउमा रही आफ्नो आफ्नो रितिरिवाज अनुसार धर्म मानु पाउनु पर्ने भनेर उल्लेख गरिएको छ, तर यहा त्यसको ठिक उल्टो देखिएको पाइन्छ ।

लुम्बिनी अंचल सदरमुकाम बुटबलमा रहेको नया बसपार्कमा पनि छुट्टै किसीमको दृष्य देख्न पाइन्थ्यो । अस्त ब्यस्त रहेको  बसपार्कमा बिभिन्न ठाउमा जाने र अन्यत्रबाट बुटबल भित्रिनेको निकै चाप देखिन्थ्यो अति चर्को घाम संगै काउन्टरहरुमा टिकट लिने र गाडी छुट्ने समय कुरेर बसेका मान्छेहरुको भिडको कसैले फाइदा पनि उठाउदै गरेको प्रष्ट देखिन्थ्यो । दृश्य यहि असार १२ गते शनिबार दिउसो १२ बजे तिरको हो। म पनि साथीलाई रिसिभ गर्न त्यहा पुगेको थिय । अर्घाखाँचीको देउराली जिप समितिको काउन्टर अगाडी गाडीको प्रतिक्षामा रहेका वृद्धाहरु बसेको ठाउमा कालो ब्याग र हातमा केहि डायरी जस्तै देखिने किताबहरु दिएर एकजनाले जबर्जस्ति पैसा असुली रहेको देखिन्थ्यो यस्तै क्रम जारि नै थियो ।

उनि भन्दै थिए यो किताब पढ्नुस तपाईका नबनेका काम सबै पुरा हुनेछन प्रभु तपाइको साथमा सदैब हुनुहुनेछ । एउटी बुढीआमाले खुशी हुदै किताब झोलामा राख्दै भन्दै थिइन आफुलाई पढ्न आउदैन घरमा गएर नातीहरुलाई पढ्न लगाएर सुन्नु पर्ला झोलामा राखेर नभ्याउदै ति किताब बेच्ने युवाले बुढी आमासंग पैसा माग्न सुरु गरिहाले अनि ति बुढी आमा अचम्मै पर्दै सोधी हालिन ! कति रुपिया दिनुपर्ने हो नि बाबु ? अनि ति किताब बेच्नेले बोलिहाले एक सय मात्र हो अनि ति बुडी आमाले पैसा निकाल्दै थिइन् त्यसै क्रममा म पनि के रहेछ बुजिहाल्छु भनेर  त्यहा पुगिहाले अनि मैले सोधे के-को किताब हो आमा खै हेरम त?  अनि आमाले किताब निकाल्दै गर्दा मैले देखिहाले त्यो सानो किताबमा लेखिएको थियो प्रभु यसु ख्रीष्टको संदेश।

यतिकैमा एकजना सवारी चालक आएर सोधिहाले दाइ तपाइँ जन्मदै क्रिश्चियन हो कि कसो अनि उनले प्रस्नको उत्तर फर्कैहाले राजानिक पार्टी पनि फेर्न मिल्छ भने धर्म पनि त्येस्तै हो मलाइ हिन्दु धर्ममा आस्था लागेन त्यसैले म इसाई धर्ममा लागे यत्तिकैमा मैले कुरा थपिहाले ठिकै छ, दाइ तपाइँ कुनै पनि धर्म मान्न पाउनु हुन्छ तर यो धर्म मान्नुस भन्दै यो प्रचार किन नि त्यो माथि पनि यसरी पैसा असुलेर ? उनले मलाइ केहि समय घोरिएर हेरे कारण थियो मैले लगाएको पहेलो टिशर्ट जसमा लेखिएको थियो म हिन्दु हु हिन्दु हुनुमा गर्भ गर्छु ।

धर्म परिवर्तन बिरुद्धको महाभियान हिन्दु जागरण नेपाल मेरो टिशर्टको गोजीमा राखेको रेकर्डर पेन केहि समय हेरेपछि उनले बोलिहाले मैले मेरो काम गरिरको छु मेरो काम गर्न दिनुस मलाइ हस्तक्षेप नगर्नुस,  मैले भने हुन्छ, हस्तक्षेप गर्न खोजेको होइन तर  तपाइँ संग केहि कुरा गर्न सक्छु होला नि भन्दै झोलाबाट रेकर्डर र क्यामरा निकाल्न लागेसंगै उनि भागिहाले मैले परसम्म पछि पछि गरेर आग्रह गरे तर उनि मसंग बोल्न सहमत नै भएनन् उनि बसपार्कबाट बाहिर हतार हतार निक्निहाले आखिर उनि राम्रो काम नै गर्न लागेको भए भाग्नु पर्ने थियो होला त?  धर्म परिवर्तन गर्ने र गराउने काम राम्रो होला त शुरुदेखि अन्त्य सम्म मानिने सनातन धर्म भनेको यहि हो त ?

मलाइ अहिले सम्म पनि तिनै बुटबलको बसपार्कमा देखिएका दृश्य समझदा यी प्रश्नहरुको उत्तर खोजिरहेको छु र कसलाई सोधु आज सम्म कुनैपनि हिन्दु वा भनौ मुस्लिम र अन्य धर्मलम्बीहरुले यो धर्म मान र मान्नुपर्छ भनेर भनेको वा बिभिन्न लोभ प्रलोभन देखाएर पैसा दिएर धर्म परिवर्तन गरे गराएको पाइएको छैन । तर इशाई धर्ममा के छ कुन्नि त्यस्तो सबैको घरमा पुगेर इशाई धर्म मान्नुस भन्दै हिड्नु पर्ने अनि अरुलाई पैसा नै दिएर भएपनि धर्म परिवर्तन गराउनु पर्ने के इशाई धर्म नेपालको सनातन धर्म हो त ?आयातित धर्म हो भने काहाबाट आयो यो पैसा बाड्ने धर्म ?

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend