logo
  • शनिबार, साउन ३० २०८३

विश्वकप फुटबल ऐतिहासिक बनाउने तयारी तीव्र


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

नवराज विक, कतार, आषाढ १६।
आफ्नो मुलुकमा सन् २०२२ हुन लागेको विश्वकप फुटबल प्रतियोगिताको तयारी सन्दर्भमा कतारले विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रमुख एवम् सरोकार भएकाहरुसँग छलफल सुरु गरेको छ ।
qatr
विश्वकप आयोजक सर्वोच्च समिति सहायक सचिव नासेर अल खातेरले आफ्नो मुलुकमा आयोजना हुने विश्वकपलाई विश्व समुदायको एकता र सहकार्यको अनुभूति गर्ने बनाउन आफूहरु तल्लीन रहेको बताउनुभयो ।
qtr
कतारमा रहेका विभिन्न राष्ट्रका प्रतिनिधि र समुदायसँगको भेटमा उहाँले विश्वकपको तयारीका बारेमा भएको प्रगतिबारे जानकारी गराउनुभएको थियो । उहाँले कूटनीतिक नियोगका प्रतिनिधिलाई सम्बोधन गर्दै भन्नुभयो, “हामी सिक्न र तपाईँहरुसँगै अघि बढ्न चाहन्छौ।”

भेटमा विश्वकपको तयारीमा रङ्गशाला निर्माणदेखि आवश्यक तयारी सबै क्षेत्रमा संग्लन रहेका जिम्मेवार व्यक्तिले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जानकारी दिँदै उहाँले विश्वकपको इतिहासमै आफ्नो मुलुकमा हुने विश्वकप स्मरणीय बनाउन सिङ्गो मुलुककै ध्यान अहिले केन्द्रित भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली समुदायको प्रतिनिधित्व गर्दै गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष विनेश तामाङले नेपाली समुदायले विश्वकपलाई सफल बनाउन सहयोग गर्ने तथा नेपाल र कतारबीचको सम्बन्ध प्रभावकारी बनाउन लागिपर्ने बताउनुभया । रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend