साझा नेटवर्क
बुटवल, आषाढ १६।
बुटवलमा अवस्थित एम्स कलेजले त्रिभुवन विश्व विद्यालय अन्र्तगत वाणिज्य संकाय स्नातक तह चौथो वर्षको विद्यार्थीहरुलाई सहभागी गराई वित्त व्यवस्थापन सन्दर्भमा त्यसको क्षेत्र र अवसरको बारेमा दुइ दिने अभिमुखिकरण कार्यक्रम शुरु गरेको छ ।

कलेजका प्रमुख दीपक ढकालको अध्यक्षता र प्राध्यापक सुरेस भूषालको स्वागत मन्तब्यबाट शुरु भएको पहिलो दिनको कार्यक्रममा सहायक क्याम्पस प्रमुख विकाश श्रेष्ठले लगानी, वित्तिय सम्पति, खरिद विक्रि, जोखिम, प्रतिफल आदि विषयमा अभिमुखिकरण गराउनु भएको थियो ।
त्यसैगरि प्रमुख प्रशिक्षक कैलाश विकाश वैड्ढ, बुटवलका प्रवन्धक ज्ञानेन्द्र गिरीले वित्त व्यवस्थापनको महत्व, अवसर चुनौतिका साथै त्यस क्षेत्रमा हुनु सक्ने बृत्ति विकाशको सन्दर्भमा अभिमुखिकरण गराउनु भएको थियो भने सुरेस भूषालले वित्तिय बजार र संस्थाको सन्र्दभमा प्रशिक्षण गराउनु भएको थियो ।
एम्स एजुकेशन फाउण्डेसनको प्रवन्ध निर्देशक गोपाल प्रसाद न्यौपानेको प्रमुख अतित्यथा, सुरेश भूषालको स्वागत मन्तव्यमा सम्पन्न पहिलो दिनको कार्यक्रममा विशिष्ट अतिथि प्रान्सु नेपालले शुभ कामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सहभागिहरुले सोधेका विविध जिज्ञासाहरुलाई प्रशिक्षकहरुले समाधान गर्नु भएको थियो ।
अभिमुखिकरणको दोस्रो दिन क्याम्पस प्रमुख दीपक ढकाल, एम्स उच्च मा.वि.का प्राचार्य माधव कुमार पौडेल, प्राध्यापक दुर्गा भुषाल, प्रान्सु नेपालले अनुसन्धान पद्धति, उद्यमशिलता, संस्थागत वित्त व्यवस्थापन प्रतिवेदन लेखन आदि विषयमा अभिमुखिकरण गरिने कार्यक्रम रहेको छ ।
दीपक ढकाल
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend