साझा नेटवर्क
Andy Murray (GBR) playing against Liam Broady (GBR) on Centre Court in the first round of the Gentlemen’s Singles. The Championships 2016 at The All England Lawn Tennis Club, Wimbledon. AELTC/Bob Martin . Day 2 Tuesday 28/06/2016. AELTC/Joe Toth
एजेन्सी, लण्डन ।
बेलायती नम्बर एक खेलाडी एण्डी मुर्रे विम्बल्डन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । मंगलबार राती आफ्नै देशका लियाम ब्रोडीलाई पराजित गर्दै मुर्रे वर्षको तेस्रो ग्रान्ड स्लाम टेनिस प्रतियोगिता विम्बल्डनको दोस्रो चरणमा पुगेका हुन् ।
बेलायतको विम्बल्डनमा जारी प्रतियोगितामा दोस्रो बरियताका मुर्रेले पहिलो चरणको खेलमा ब्रोडीलाई ६– २, ६–३ र ६–४ को सोझो सेटमा पराजित गरे । मुर्रेले अब दोस्रो चरणमा मरेले चाईनिज ताईपेईका यन सेन लुसँग खेल्नेछन् । विम्बल्डन टेनिस घाँसे कोर्टमा सञ्चालन हुने वर्षको एकमात्र ग्रान्ड स्लाम टेनिस प्रतियोगिता हो ।
मंगलबार राती भएको विम्बल्डन अन्तर्गत नै अन्य खेलमा जित निकाल्दै स्विट्जरल्याण्डका स्टानिस्लास वावरीङ्का, स्पेनका रामोस भिलानोस र फेलीसीयानो लोपेज, फ्रान्समा रिचार्ड ग्यास्के र जो विल्फ्रेड सोङ्गा पनि दोस्रो चरणमा प्रवेश गरेका छन् ।
यस्तै महिलातर्फ अमेरीकाकी विश्व नम्बर सेरेना विलियम्स र रुसकी स्वेतलाना कुज्नेत्सोभा पनि दोस्रो चरणमा पुगेका छन् । सेरेनाले स्विजरल्याण्डका अम्रा सडीकोभिकलाई ६ – २ र ६– ४ को सेटमा पाखा लगाउदै दोस्रो चरण पुगेकी हुन् । यस्तै कुज्नेत्सोभाले डेनमार्क्कि कारोलिन वास्ज्नास्कीलाई ७ – ५ र ६ – ४ को सेटमा पराजित गरिन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend