logo
  • शनिबार, साउन ३० २०८३

सन्नीलाई ‘नेपालको सँस्कृति र खाना मन पर्यो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सोमबार एक पार्टीमा सहभागी हुन नेपाल आएकी बलिउड नायिका सन्नी लियोनीले आफूलाई नेपाल खुबै मनपर्ने बताइन् । पति डेनियल र आफू नेपाल आउन पाउँदा उत्साहित हुने गरेको सन्नीको भनाई थियो ।
sunny-leone-in-nepal
पत्रकारहरुसँग कुरा गर्दै सन्नीले नेपालको संकृति, खानेकुरामा आफू सधै नै आकषिर्त हुने गरेको बताइन् । क्यान्सरका बिरामीका लागि सहयोग गर्दै आएकी सन्नीलाई एक पत्रकारले नेपालका क्यान्सर बिरामीका लागि केहि गर्ने योजना छ भनेर सोधेका थिए । सन्नीले आफू यो कुरामा उत्साहित हुने भन्दै संभव भएसम्म सहयोग गर्ने बताइन् ।

sunny lउनले म जे गर्न सक्छु, त्यो काम गर्छु भनेकी थिइन् । सन्नीले आफू यो पटक नेपालमा पार्टीमा सहभागी हुन आएको भन्दै पत्रकारसँग लामो कुरा गर्न मानिन् । उनका पति डेनियल पनि मिडिया कुराकानीमा उपस्थित थिएनन् । सन्नीको यो तेश्रो नेपाल भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend