logo
  • शनिबार, साउन ३० २०८३

संसद बैठक आजबाट सुरु, प्रधानमन्त्रीले सम्बोधन गर्ने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

KP-oli-talkingकाठमाडौं, आषाढ १५।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण र काबुल घटनाका विषयमा व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्न लागेका छन् । सत्तापक्षले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न एकमुष्ट रुपमा एक लाख ५० हजार रुपैयाँ दिने र ५० हजार रुपैयाँ किस्ताबन्दीमा दिने सहमति गरेसँगै ५ दिन देखि बन्द भएको संसदले निकास पाएको हो ।

कांग्रेसले भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न एकमुष्ट रुपमा दुई लाख रुपैयाँ र दुई प्रतिशत ब्याजदरमा १५ र २५ लाख रुपैया दिनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको थियो ।प्रधानमन्त्री केपी ओली, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा सहित कार्यदलको बैठकमा सहमति भएको थियो ।

कार्यदलमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट पूर्वमन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रकाशशरण महत, कांग्रेस संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ रहेका छन् भने सत्तारुढ दलका तर्फबाट उपप्रधानमन्त्री भीम रावल, पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ, नेकपा माओवादीका कृष्णबहादुर महरा र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संसदीय दलका नेता दिलनाथ गिरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend