साझा नेटवर्क
एजेन्सी, आषाढ १४ ।
अर्जेन्टिनाका राष्ट्रपति माउरिसिओ माकरीले सन्यासको घोषणा फिर्ता लिन स्टार स्ट्राइकर लियोनल मेस्सीलाई आग्रह गरेका छन । राष्ट्रपति माकरीले मेस्सीलाई फोन गरेर राष्ट्रिय टिममा रहिरहन आग्रह गरेका हुन्।

राष्ट्रपति माकरीका प्रवक्ताले भने ‘राष्ट्रपतिले मेस्सीलाई फोन गरेर आफू राष्ट्रिय टिमको प्रदर्शनबाट खुसी रहेको बताउदै र आलोचनाको पछि नलाग्न मेस्सीलाई आग्रह गरेका थिए। राष्ट्रपतिले मेस्सीलाई राष्ट्रिय टिम नछाड्न आग्रह गरेको उनका प्रवक्तालाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोनाले पनि मेस्सीलाई सन्यासको घोषणा फिर्ता लिन आग्रह गरेका छन् ।
मेस्सी सन् २०१८ मा विश्व च्याम्पियन बन्नका लागि रुस जानु पर्ने भएकाले उनले राष्ट्रिय टिम छोड्न नहुने म्याराडोनाको भनाई छ । उनले भने ‘मेस्सीले राष्ट्रलाई आउँदो विश्वकपको च्याम्पियन बनाउनु पर्ने छ, त्यसले उनले टिम छोड्नु हुँदैन ।’
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend