साझा नेटवर्क
देबेन्द्र केसी, नयाँ दिल्ली आषाढ १४ ।
पुर्वी नेपालको पृथ्वी नगर गाबिस वार्ड न. २ झापामा २२ बर्षिय देशु भनिने देशराज तामाङले आफ्नी ४५ बर्षिय आमा तारादेबी भुजेल (तामाङ)लाई कन्चटमा चिर्पट प्रहार गरि हत्या गरेका छन ।
धरमपुर झापाबाट सहयोगी ताराबिर पाण्डेले दिएको जानकारी अनुसार मादक पदार्थमा लठ्ठ भएर घरमा कोहि नभएको मौका छोपी दिउसो करिब २ बजे निजले सुतिरहेकी आमालाई चिर्पट प्रहार गरेका हुन । रक्सी खाएर पटक पटक आमालाई धम्काउदै आएका देशराजलाई प्रहरीले मारपीटको आरोपमा पक्राउ गरेपनि आमा आफै गएर छुटाएकि थिईन । रक्सी नखा भनेर आमाले सम्झाउदा रिसले चुर भएर हत्या गरेको आफन्तहरु बताउछन ।
घटना लगतै पुगेको चन्द्रगढी ईलाका प्रहरी कार्यालयका प्रहरीहरुले लासलाई कब्जामा लिएका छन । “घटनाको प्रकृति हेर्दा ब्यक्तिगत रिसयिबी देखिन्छ । हामी दोषीलाई हिरासतमा लिएर पुछताछ गरिरहेका छौ छिटै नै सत्य तथ्य सार्वजनिक हुन्छ” झापा प्रहरीका प्रबक्ता डिएसपी हरिराज शर्माले भने ।
घटनापछि अभियुक्तले लासलाई प्लास्टिकले बेरेर लुकाउन खोजेपनि अन्तयमा आफै ईप्रका चन्द्रगढी पुगेर आत्मसमर्पण गरेका थिए । समर्पणपछि ईप्रकाले झापा जिल्ला प्रहरी कार्यालय चलान गरेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend