logo
  • शनिबार, साउन ३० २०८३

कोपा अमेरिका फुटबलको उपाधि चिलीलाई


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कोपा अमेरिका फुटबलको उपाधि चिलीले जितेको छ । सोमबार बिहान अमेरिकाको न्युजर्सीमा भएको फाइनलमा अर्जेन्टिनालाई टाइब्रेकरमा ४–२ ले हराएर चिलीले लगातार दोस्रो पटक उपाधि उचालेको हो ।
Cl7FoLrWEAA78_S
गएको वर्ष पनि चिलीले अर्जेन्टिनालइृ टाइब्रेकरमा हराएर उपाधि उचालेको थियो । निर्धारित ९० तथा थप गरिएको ३० मिनेटको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । पेनाल्टीमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र लुकास बेग्लियाले गोल गर्न सकेनन् । चिलीका अटुरो भिडाल सुरुको पेनाल्टीमा चुके पनि त्यसपछि सबै खेलाडीले गोल गरेर उपाधि दिलाए ।
2
निर्धारित तथा थप गरिएको समयमा बलमा नियन्त्रण चिलीका खेलाडीको बढी भएपनि पोस्ट प्रहार भने अर्जेन्टिनाले बढी गरेको थियो । तर गोल गर्न नसक्दा अर्जेन्टिना फेरि एक पटक महत्वपूर्ण समयमा चुक्यो । १४ पटकसम्म उपाधि जितेको अर्जेन्टिनाले पछिल्लो पटक सन् १९९३ मा उपाधि जितेको थियो । चिली लगातार दोस्रो पटक उपाधि जित्ने पछिल्लो ६९ वर्षमा पहिलो टिम बनेको छ ।

यसअघि सन् १९४६ र १९४७ मा अर्जेन्टिनाले लगातार उपाधि जितेको थियो । समूह चरणका सबै खेल जितेको अर्जेन्टिनाले क्वाटरफाइनलमा भेनेजुएलालाई ४–१ ले हराएको थियो । सेमिफाइनलमा पनि अर्जेन्टिनाले उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकालाई ४–० ले हराएर फाइनलमा आएको थियो । तर फाइनलमा पेनाल्टीमा चुक्दा उपविजेतामा सीमित बन्यो ।

समूह चरणमा एउटा खेल गुमाएको चिलीले क्वाटरफाइनलमा मेक्सिकोलाई ७–० तथा सेमिफाइनलमा कोलम्बियालाई २–० ले हराएको थियो । बिहान भएको फाइनल खेलमा चिली र अर्जेन्टिनाका एक एक खेलाडीले रातो कार्ड पाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend