साझा नेटवर्क
कुमार “अविरल” पन्थी ।
बसन्त फिल्मस् प्रा.लि.को प्रस्तुतिमा शिव पौडेल र सुस्मा पुन मगरको नयाँ लोक दोहोरी एल्बम “स्वार्थी भगवान” सार्वजनिक भएको छ। प्रेम कथामा आधारित “स्वार्थी भगवान” नामक एल्बम युटुब मार्फत सार्बजनिक गरिएको हो।
पछिल्लो समयममा माया प्रेम, मिलन बिछोड, उताउला र ठट्यौली खालका गितहरुले बजार पाउने र बढी चर्चामा आउने भएकोले दर्शक श्रोताहरुले जस्तो माग गर्छन त्यसै अनुरुप कलाकारले गित पस्किरहेका छन । नेपाली साँगितिक बजार प्रतिस्पर्धात्मक भएता पनि पछिल्लो समयमा सङ्गीत क्षेत्रमा लागेर कलाकारहरुलाई आफ्नो दैनिकी गुजार्न समेत धौ-धौ परी रहेको छ।
दिनानुदिन नया कलाकार भित्रिनु उत्पादन भएका गीतहरुले बजार नपाउनु अहिलेको नेपाली सङ्गीत क्षेत्रमा केहि नौलो कुरा भने होइन । बजारमा अडियो चल्न छोडेको पनि धेरै भइसक्यो । यस्तो सम्म भयो कि गीतको भिडियो नबनाई गितहरु कुनै पनि मिडियामा बज्दैनन । तर पनि गित सङ्गीत क्षेत्रमा लाग्ने जमात धेरै नै छ ।
रोजगारिको सिलसिलामा कतारलाई कर्म भुमि बनाउदै आएका गायक शिव तथा गायिका शुस्मा पुनले प्रवासबाटै रेकर्ड गराई “स्वार्थी भगवान” बोलको गीत बजारमा ल्याएका हुन । शिव पौडेलको लय तथा शब्द रहेको गीतमा शिव पौडेल र सुस्मा पुन मगरको स्वर रहेको छ ।
“प्रदेशीलाई सम्झेर रुन्छ यो मन” एल्बमबाट साँगितिक यात्रा सुरु गरेकी गायिका पुनले, “पारी बनमा प्याउली फुलेको” लगायत ४ ओटा एल्बममा आफ्नो स्वर दिईसकेकी छन । गायिका पुनले कतारमा आयोजना हुने विभिन्न साँगितिक कार्यक्रममा आफ्नो दमदार प्रस्तुतिले दर्शक श्रोताहरुको मन जित्न सफल बनिसकेकी छिन।
बसन्त फिल्मस प्रा.लि.ले बजार ब्यबस्थापन गरेको गितको भिडियोमा बिक्रम चौहानको निर्देशन रहेको छ । मुकेश हुमागाईले छायाँकन गरेको भिडियोमा बुद्धवीर र लजिनाले अभिनय गरेका छन । गीतको भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका हुन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend