logo
  • शनिबार, साउन ३० २०८३

विधालय पूर्ण रुपमा संचालन हुन नसक्दा विधार्थीको परिक्षा अन्यौलमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

pahiro schoolटोपलाल अर्याल, गुल्मी आषाढ १२ ।
पहिरोले बिद्यालय पुरिँदा असार ४ गतेबाट बन्द भएको छापहिले गाविस ९ बोम स्थित सिद्ध प्राविको असार १४ बाट हुने त्रैमासिक परिक्षा अन्योलमा परेको छ ।

अविरल बर्षा संगै असार २ गते राति आएको पहिरोले २०६८ सालमा स्थापना भएको पुरानो भवन र निर्माणाधिन नयाँ भवन पुरिँदा बिद्यालयका १ सय १६ जना बिद्यार्थी आठ दिन देखि नियमित पढाईबाट बञ्चित भएको प्रअ निमा गिरीले जानकारी दिए । उनले डोजर लगाएर मात्र पहिरो हटाउन सकिने भएकाले डोजर ल्याउन लागिएको बताए ।

जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले मन्त्रालय, जिविस र गाविसको समन्वयमा आर्थिक संकलन गरी बिद्यालय पुर्ननिर्माण गर्न पहल जारी रहेको बताए । उनले बिद्यालयको त्रैमासिक परिक्षा निर्णयात्मक नभएकाले स्थगित गर्न सकिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend