साझा नेटवर्क
गंगा खड्का, गुल्मी आषाढ १२।
लागु पदार्थ दुब्र्यसन र अबैध ओसार पसार यसबाट बालबालिका तथा युवा बर्गमा पर्ने असर भन्ने बिषयमा रेसुङ्गा बहुमुखी क्याम्पस तमघासका बिद्यार्थी बिच बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीको आर्थिक सहयोगमा जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजना रहेको कार्यक्रममा क्यापसका १० जना युवा बिद्यार्थी प्रतियोगितामा सहभागी भएका थिए । सहभागीहरुले बक्तृत्वकला प्रतियोगितामा लागु पदार्थ को बारेमा स्पष्ट बनाउँदै त्यसले बालबालिका र युवाबर्गमा नकारात्मक असर परेको बताए ।
लागुपदार्थ ओसारपसार कार्यमा धेरै सोझा महिला र बालबालिका प्रयोग हुने बताउदै यसमा सरकार एक्लै नभई सम्पुर्ण युवा बिद्यार्थीको को साथ सहयोगको खाँचो हुने कुरा उल्लेख गरेका थिए । कार्यक्रमका अध्यक्ष एँव सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थीले बिश्वभरी लागुपदार्थ ओसार पसार कार्य अत्याधिक रहेकाले नेपाल ट्रान्जिट हुन सक्ने बताउँदै यस तर्फ सबै युवा सचेत रहन आग्रह गरेका थिए ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य प्रमुख राम जी बानियाँले लागुपदार्थ दुव्र्यसन ओसार पसार कार्यमा बालबालिका लाइ प्रयोग हुन बाट रोक्न युवाबर्गको महत्वपुर्ण भुमिका हुने बताए । सहभागी १२ जना मध्ये उत्कृष्ट ३ जनालाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख,प्रध्यापक ,पत्रकार लगायत बिद्यार्थीहरुको बाक्लो सहभागीता रहेको थियो ।कार्यक्रमको सञ्चालन जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका स्वास्थ्य शिक्षा अधिकृत पशुपति आचार्यले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend