साझा नेटवर्क
रवि रोषी, दोहा आषाढ १०।
रोल्पाको घोप्टे ओढार जिनाबाङ स्कुल निर्माणार्थ कतारबाट सहयोग संकलन अभियान सुरु गरिएको छ । घोप्टे ओढार जिनाबाङ रोल्पा स्थित श्री सिद्धार्थ माध्यमिक बिद्यालयलाई नमुना बिद्यालयको रुपमा स्थापित गर्न र आवश्यक मापदण्ड सहित शिक्षा सुविधा प्रदान गर्न कतारबाट पनि यो अभियानलाई टेवा दिन सुरु गरिएको बारेमा शनि कुमार ओलीले बताए ।

अभियान सुरु गरे लगत्तै जनप्रगतीशील मञ्च कतारका सल्लाहकार टिकाराम भण्डारीले सहयोग स्वरुप ५० हजार रुपैंया प्रदान गरेको मञ्चका अध्यक्ष तथा केन्द्रिय सदस्य ओलीले जानकारी गराए । नेपालको अति दुर्गम विकट पहाडी जिल्ला रोल्पामा स्थित सो विद्यालयको शैक्षिक सेवा स्तरोन्नति गरिनु अपरिहार्य ठानी यो अभियानलाई सहयोग गर्न लागेको पनि ओलीले बताए ।
उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन यस अभियानलाई मुख्य अभियन्ताको रुपमा रहेका छन् । रोल्पा स्थित घोप्टेओढार जिनाबाङमा स्थापित अक्षयकोषका बारेमा जानकारी गराएपछि सहयोग गर्ने सहयोगदाताहरु कतारमा क्रमश बढिरहेको पनि उनले जानकारी गराए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend