logo
  • शनिबार, साउन ३० २०८३

अर्घाखाँचीको भगवतीमा सार्वजनिक सुनुवाई सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दिपेन्द्र श्रेष्ठ, अर्घाखाँची आषाढ १०।
अर्घाखाँची भगवती भैशी पालन समितिलाई किसानको लागि उन्नत बिउ बिजनका लागि आज भगवती वार्ड न ५ ताराखसेमा सार्बजनिक सुनुवाई कार्यक्रम समपन्न भएको छ । उन्नत भैशी पालन समितिलाइ किसानको लागि उन्नत बिउ बिजन वितरण कार्यक्रमको आ.ब ०७२-०७३ को बार्षिक कार्यक्रम स्वीकृत कार्यक्रम अन्तर्गत भगवती दुघ्ध सङ्कलन केन्द्र ब्याबस्थापनको लागि कुल लागत रु १५२५००० जस अन्तर्गत अनुदान ग्राहिको रु ७६९५०० र जिल्ला पशुसेवाबाट किसानको लागि उन्नत बिउ बिजनको लागि अनुदान स्वरूप रु ७५५००० छुट्टिएको छ।
13522402_744486468987464_478173258_n
कार्यक्रमा भगवती उन्नत भैशी पालन समितिका अध्यक्ष टोपलाल पाण्डेको सभापतित्व तथा किसानका लागि उन्नत बिउ बिजन कार्यक्रम (K.U.B.K.)की कर्मचारी सुजाता थापाको बिशेष आतिथ्यताका साथै पशुसेवा केन्द्र अर्घातोषका कर्मचारी उमानाथ पन्थी, नेपाली कांग्रेस भगवतीका सभापति शोभाखर न्यौपाने, नेकपा एमाले भगवतीका प्रतिनिधि जय प्रकाश पाण्डे , माओबादी केन्द्रका भगवतीका प्रतिनिधी मान कुमारी बि.क. भुतपूर्व गाबिस अध्यक्ष हरिलाल पाण्डे लगाएत स्थानीय बुद्धिजिबी, समाजसेवी, शिक्षक,पत्रकार लागायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा भगवती र मरेङ्ग साझ दोबाटोमा पर्ने देउराली बजारमा दुग्ध चिस्यान केन्द्र खोलेर किसानाहरुको आयआर्जन बढाउने उध्यश्यले भगवती उन्नत भैशी पालन समितिका अध्यक्ष टोपलाल पाण्डेले आफ्नो प्रतिबद्धता व्यक्तका साथै डेरी सुधारका लागि सबैले आ-आफ्नो ठाउबाट सहयोग गर्न आग्रह समेत गर्नुभएको थियो । कार्यक्रमको संचालन रामलाल पाण्डेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend