logo
  • शनिबार, साउन ३० २०८३

रुपन्देहीको मानपकडीमा महिला प्रजनन स्वास्थ्य सम्बन्धी तालिम शुरु


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

ज्ञवा संचार, रुपन्देही आषाढ ९ ।
लुम्बिनी ग्रामिण विकास परिषदको आयोजना तथा जिल्ला विकास समिति रुपन्देहीको सहयोगमा महिला प्रजनन स्वास्थ्य सम्बन्धी २ दिने जनचेतना मुलक तालिम मानपकडीमा सुरु भएको छ । मानपकडी गाबिसका सचिब लक्ष्मण ज्ञवालीले एक कार्यक्रमका बिच उक्त तालिमको उदघाटन गरेका हुन् ।
traning1
उदघाटन पछी बोल्दै सचिव ज्ञवालीले एक महिला स्वस्थ हुँदा परिवारनै स्वस्थ्य हुने भएकोले यस्ता जनचेतना मुलक तालिम दिनु आवश्यक रहेको बताए । ज्ञवालीले महिलाहरुले यस्ता तालिमबाट सिकेको ज्ञान आफनो छरछिमेक वडामा समेत फैलाउनु पर्नेमा जोड दिए ।
traning2
संस्थाका अध्यक्ष चन्द्रकान्त खनालको अध्यक्षतामा भएको कार्यक्रममा हरि घिमिरे, रामप्रसाद पौडेल नरेश थान्जु रुद्रहरी कुवर लगायतले बोल्दै स्वास्थ्य प्रति सचेत हुन आग्रह गरेका थिए । उनीहरुले तालिमबाट सिकेका कुराहरु व्यवहारमा लागु गर्न समेत आग्रह गरेका थिए । मानपकडि गाबिसका २५ जना महिलाहरु कार्यक्रममा सहभागि रहेका छन । तालिम आषाढ ९ र १० गते संचालन हुने  छ ।
traning

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend