साझा नेटवर्क
बाबुराम सिग्देल, युएई आषाढ ०८।
लोकदोहोरी गायक बिरही कार्की सामाजिक कामतिर पनी अभियान चलाएका छन् । स्वर्गीय आफ्नी आमाको नाममा फूलमायाँ कार्की फाउन्डेसन खोलेका हुन् । आमाको मृत्यु हुँदा गायक बिरहीले भेट्न पाएनन् जहिले पनी आमा भन्दै आमाकै सम्झनामा डुबेका हुन्छन् । गोर्खा जिल्लामा जन्मिएका बिरही कार्कीले सुनखानी म्युजिक कम्पनि पनि संचालन गर्दै आएका छन् ।
आमाकै नाममा थुप्रै एल्बमहरु पनि सार्वजनिक गरिसकेका छन् भने ऐले फेरी समाजमा केही गर्छु भन्ने मनसायले आमाकै नाममा फूलमायाँ कार्की फाउन्डेसन कोष खडा गरेर गरिब जेहेन्दार बालबालिका लाई कक्षा १ देखी १० सम्म पढाउने आशाले सोही फाउन्डेसन अभियान लागु गरेको बताएका छन् । बिरही कार्की एकल साँझ कार्यक्रम गरेर तेहीं बाट उठेको रकमले उनले बिगत केही बर्ष देखी मकवानपुर डाँडा खर्ककी मुना पर्जालाई ऐले सम्म पढाई राखेको बताएका छन् ।
आमाको मृत्यु भएको चार बर्ष बितिसक्दा पनी सधैँ आमालाई नै सम्झिएर भावुक हुन्छन् अनि भन्छन् यो संसारमा आमालाई मायाँ नगर्ने र सन्तानलाई मायाँ नगर्ने को होला र म आमा बिना टुहुरो भएको छु आमाकै नाममा धेरै गित पनी गाएँ । त्यसैले आमाकै नामबाट समाजमा केही गर्ने उदेश्यले यो फाउन्डेसन सुरु गरेको बताए । आँफुले सुरु गरेको अभियानलाई बिभिन्न संघ संस्था हरुलाई पनि सहयोगको लागी अपिल गरेका छन् ।
गायक बिरही कार्कीले अपिलमा लेखेका छन्
आमा लाई मायाँ नगर्ने सन्तान र सन्तान लाई मायाँ नगर्ने आमा साएदै यो संसारमा छैनन् होला । आमाको मायाँ जति ठूलो के होला र आमा ले जन्म दिनु भो बाबा ले कर्म दिनु भो हामी जे छौं आज आमा बाबाको माया, हौसला,आशिर्वाद ले छौँ।आमाको मायाँको अभावले आज म खुशी हुन सकेको छैन ।
मेरो आमा बित्नु भएको पनि ४ बर्ष भएछ आमा बित्दा म अभागी ले आमाको सास ,लाश केही भेट्न पाइन हुन त आमाको सम्झना मा मैले गित हरु गाएको छु सक्दो सेवा गरेको छु। मकवानपुर को डाँडा खर्क निवासी मुना पर्जा लाई आज सम्म पढाएको छु । अब जति सक्दो छिटो मेरो आमाको नाममा यौटा फाउन्डेसन (फुल मायाँ कार्की फाउन्डेसन ) नामक संस्था निर्माण गरेर यौटा कोष खडा गरि २ जना गरिब तथा जेहेन्दार बच्चा को १ देखि १० सम्मको शिक्षा पूरा गर्ने सोँच बनाएको छु । म सानो कलाकार हुँ मसँग यो काम पूरा गर्ने आर्थिक अवस्था छैन, तेसैले सबै देश बिदेश मा रहनु भएका मायाँलु मन भएका नेपाली दाजु भाइ दिदी बहिनी ,आमा बुवा लाई आफू सक्दो आर्थिक सहयोग को आग्रह गर्द्छु ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend