साझा नेटवर्क
प्रेम सुनार, गुल्मी आषाढ ९।
सदियौं देखि खानेपानीको ठुलो समस्या खेप्दै आएका गुल्मीको साविकको अर्खले गाविस अन्तरगत अत्तरडाँडा लगायत झण्डै २ हजार घरधुरीको खानेपानी योजनाको आज गुल्मी क्षेत्र नम्वर २ का सांसद चन्द्र भण्डारीले शिलान्यास गरेका छन् । अत्तरडाँडा सहित रेसुङ्ग नगरपालिकाको वडा नम्वर–४ देखि ८ सम्मका जनतालाई खानेपानी पुग्ने गरी सांसद भण्डारीले भुवनपानी कुटी वृहत खानेपानी योजनाको आज सिस्न्यारा खोला मुलमा एक समारोहका विच शिलान्यास गरेका हुन् ।

नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले दिएको जानकारी अनुसार रेसुङ्गा नगरपालिका वडा नम्वर–४ को खाम्सेपानी, भण्डारी टोल, वडा नम्वर– ५ को भुवनपानी, गोवाने वर्दवास, वडा नम्वर– ६ को अत्तरडाँडा, खानदुला, वडा नम्वर –७ को अडविसे, नेटा, सिस्न्यारा बुट्टाकुरी र वडा नम्वर –८ को वेदुखर्कका गरी झण्डै २ हजार घरधुरीका लागि ६ करोड ५० लाखको उक्त योजना केन्द्रिय सदस्य भण्डारीको पहलमा उक्त योजना परेको हो ।
ति गाउँहरु माथील्लो वस्तीमा रहेकोले तल पानीको मुहानमा दुई घण्टा सम्मको उकालो ओरालो गर्दै खानेपानीको ठुलो समस्य खेप्दै आएका थिए । मध्येरातमा राँको वाल्दै र डरले कुर्लिदै पानी बोक्न जाने गाउँका रुपमा परिचीत अत्तरडाँडार र खानदुला लगायतका ति गाउँहरुमा पानीकै समस्याका कारण अरु गाउका मान्छेले छोरी दिन पनि मान्दैनथे ।
हामीले त छोराको विवाह गराउनै गाह्रो भयो भन्दै धेरै पटक यस समाचारदातलाई बोलाएर त्यहाँका वासीन्दाले स्थलगत रिर्पोट समेत बनाउन लगाएर सञ्चार माध्यमको साहरा लिएका थिए । चुनाव ताका हामीलाई दलको मतलव छैन जसले पानी दिन्छ उसैले भोट पाउँछ भन्ने अडान लिने त्यस गाउँका वासीन्दाले विगतमा धेरै दलका धेरै नेताहरुको पाउँ छुन खोजेका थिए ।
जे होस् वर्षऔं पछि सांसद चन्द्र भण्डारीले उनिहरुको माग पुरा गराई दिएकोमा उनिहरु यति वेला कृतज्ञ छन् । नेपाल सरकारबाट वहुवर्षिय योजनामा परेको छ सांसद भण्डारीले भने–अव हामी सवै मिलेर त्यो योजना छिट्टै सम्पन्न गर्नु पर्दछ । उनले ढिलै भए पनि सदियौं देखि खानेपानीको ठुलो समस्या खेप्दै आएका ति गाउँवासीलाई खानेपानी योजना पार्न पाएकोमा हर्ष लागेको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend