logo
  • शनिबार, साउन ३० २०८३

काबुल आक्रमणमा मारिने नेपालीको संख्या १३ पुग्यो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, आषाढ ०८ ।
काबुलमा तालिवानले गरेको आक्रमणमा मृत्यु हुने नेपालीको संख्या १३ पुगेको छ ।आक्रमणमा गम्भीर घाइते भएका च्याङ्बा तामाङको मृत्यु भएसँगै मृतकको संख्या १३ पुगेको हो । सोमबार अफगानिस्तानको राजधानी काबुलमा तालिबानले गरेको आत्मघाती आक्रमणमा १२ नेपालीको मृत्यु भएको थियो भने अरु ७ जना घाइते थिए । मृतकको शव बुधबार काठमाडौं ल्याइएको छ ।Kabul-Attcak

घाइते पाँच जनालाई उप उपचारका लागि भारत ल्याइएको छ । च्याङ्बा र अर्का एक घाइतेको भने अफगानिस्तानकै अस्पतालमै उपचार भइरहेको थियो । उपचारका क्रममा च्याङ्बाको मृत्यु भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।च्याङ्वाको पनि शव नेपाल ल्याउन आवश्यक प्रक्रिया सुरु गर्न कार्यबाहक राजदूत तीर्थ अर्याललाई निर्देशन दिइएको परराष्ट्र मन्त्रालयले जनाएकोछ ।खबर डबली मा समाचार  छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend