logo
  • शनिबार, साउन ३० २०८३

झुटो मुद्दा लगाइएका पन्तलाई काठमाडौं अदालतले सफाई दियो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

pantसुर्य चन्द, काठमाडौँ आषाढ ९ ।
बिगत ६ महिनादेखि झुटो आरोपमा मुद्दा लगाइएका प्रफुल्ल(प्रमोद राज पन्त)ले काठमाडौँ जिल्ला अदालतबाट सफाई पाएका छन् ।  ग्यालेक्सी स्कुलकि संचालिका गीता रानाले आपसी रिसिबीको कारणले जिल्ला अदालत काठमाडौँमा अपहरणको मुद्दा दायर गरेको जाहेरीमा उक्त मुद्दामा कुनै पनि सत्यता र साक्षि प्रमाण र खुद गीता रानालेनै आफुले दायर गरेको मुद्दा सत्य नभएको बयानको आधारमा आफुहरुले सफाई पाएको पिडित पक्षले जानकारी गराएको छ ।

आफ्नो ब्यापार ब्यबसाय संचालन गर्दै तथा समाजसेवा गर्दै आएका पिडित प्रफुल्ल पन्तलाइ झुटो मुद्दा लगाई पोखराबाट पक्राउ गरिएको थियो र काठमाडौँ जिल्ला अदालतमा पेश गराइएको थियो । आधारहीन र प्रमाण बिहिन मुद्दा भएको कारणले गर्दा सम्मानिय न्यायालयबाट सफाई पाएकोमा पिडित प्रफुल्ल हर्षित छन ।

उनि भन्छन खाएको बिष लाग्छ नखाएको बिष लाग्दैन त्यहि भएर मैले अदालतबाट सफाई पाए । स्मरण रहोस उक्त मुद्दा दायर गर्ने ग्यालेक्सी स्कुलकि संचालिका गीता राना अहिले विभिन्न अन्य मुद्दाको कारणले आफै फरार भएकी छिन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend