logo
  • शनिबार, साउन ३० २०८३

गुणस्तर तथा नापतौल विभाग द्धारा व्यापारीहरुका ढक तराजु चेकजाँच तथा प्रमाणिकरण


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी आषाढ ०७।
गुणस्तर तथा नापतौल विभाग क्षेत्रिय कार्यालय वुटवलले सदरमुकाम तम्घासका व्यापारीहरुका ढक तराजु चेकजाँच तथा प्रमाणित अभियान शुरु गरेको छ ।गुल्मी उद्योग बाणिज्य संघको कार्यालयमा गत ५ गते देखि जारी अभियानमा तम्घासका व्यापारीहरुका ढक, तराजु, लिटर, मिटर र डिजिटल काँटा चेकजाँच तथा प्रमाणित गर्ने काम शुरु भएको कार्यालयका सहायक निरिक्षक हरि भवन त्रिपाठीले जानकारी दिनुभयो।

13480133_1102050659860300_1764839409_n

निममित अनुगमम अन्तरगत ३ दिनमा १ सय १२ जना व्यापारीको नापतौल गर्ने समाग्रीमा टाँचा लगाइएको निरिक्षक त्रिपाठीले बताउनुभयो । एक हप्ते कार्यक्रम अन्तरगत ५ देखि ९ गते सम्म तम्घासमा, ९ गते बलेटक्सार र १०  गते रिडीमा यो अभियान संचालन गरिने गुल्मी उद्योग बाणिज्य संघका महासचिव तारा भुसालले जानकारी दिनुभयो ।

13492865_1102050753193624_221319280_n

त्यसको लागी ४ जनाको टोली वुटवलबाट आएको छ । महासचिव भुसालका अनुसार व्यापारीहरुलाई प्रमाणित गर्न वुटवल जान नपर्ने, ग्राहक नठगीने तथा राजस्व संकलन बढि हुने भएकाले जिल्लाका विभिन्न बजारमा संचालन गरिने यसे अभियान प्रभावकारी हुने बताउनुभयो । उहाँले यस अघिको अभियानमा भन्दा यसपाली पाँच गुणाले राजस्व संकलन भएको बताउनुभयो ।

13515281_1102050689860297_619557739_n

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend