logo
  • शनिबार, साउन ३० २०८३

प्रवासी नेपालीको एकता, आजको आवश्यकता : कोइराला


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

योगेन्द्र गौतम, भारत आषाढ ८ ।
नेपाली कांग्रेसका महामंत्री, सांसद एवं बि.पी. पुत्र शशांक कोइराला हालै भारतको भोपालमा भएको नेपाली जन सम्पर्क समिति भारतको केन्द्रीय बैठक एवं प्रशिक्षण कार्यकर्मका प्रमुख अतीथीका रुपमा हुनुहुन्थ्यो । माननीय शशांक कोइरालाले नेपाली जनसम्पर्क समितिका केन्द्र क्षेत्र र आमन्त्रित प्रतिनिधीहरुलाइ प्रशिक्षण दिनु भएको थियो । नेपाली जनसम्पर्क समिति भारतको केन्द्रीय बैठक र मध्य भारत क्षेत्रले आयोजाना गरेको खुल्ला आमसभा हालै भोपालमा सम्पन्न भएको छ।
13517972_640221872800944_2139753887_o
समितिको केन्द्रीय बैठक अध्यक्ष बालकृष्ण पाण्डेको अध्यक्षता महामन्त्री नारायण भुषालको संचालनमा भारत भरी हरेक राज्यमा रहेका केन्द्रीय पदाधिकारीहरुको ठुलो उपस्थिति रहेको थियो । उक्त केन्द्रीय बैठकमा बिधान संसोधन निति र निर्देशिका आर्थिक गतिबिधी पेश गर्दै केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डेले आउदा दिनमा समितिको विकासका निमित्त सबैलाई बिना विवाद अगाडी बढ्न निर्देशन जारी गरेका थिए।

उता मध्य भारत क्षेत्रका अध्यक्ष नरिनारायण पन्तको अधयक्षतामा भएको खुल्ला सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले प्रवासमा रहेका नेपालीहरु प्रति गर्व प्रकट गर्दै हरेक लोकतान्त्रिक आन्दोलनमा प्रवासी नेपालीको ठुलो भूमिका रहेको स्मरण गर्दै उनीहरु माथी प्रवासमा हुने अत्याचार दमन शोषण हत्या हिंशा र नारी बेच बिखन बिरुद्ध नेपाली जनसम्पर्क समिति भारतको हरेक सकरात्मक कदममा आफुले पूर्ण साथ दिने भन्दै नेपाली जनसम्पर्क समितिलाई अझ मजबुत बनाएर अगी बढन अनुरोध गर्नु भएको थियो ।

नेपालको सन्दर्भमा सरकार अहिले निकै निर्दयी भएको र सरकार स्वयं आफै बिचलित रहेको भन्दै कम्युनिष्टबाट नेतृत्व गरी चार/चार प्रधानमंत्री आउदा पनि देशले संबिधान पाउन सकेन तर नेपाली कांग्रेस नेतृत्व प्रधानमन्त्री शुसिल कोइरालाले संबिधान घोषणा गरेर नै छोडनु भयो । अब संबिधानलाई कार्यन्वयन गर्न पनि नेपाली कांग्रेस कै नेतृत्व चाहिने बताउनु भयो । मधेश अहिले आन्दोलित छ, मधेशी जनताको र पहाडी जनताको हित हुने गरी नेपाली कांग्रेसले मधेश समस्या हलका लागि कार्य गरिरहेको बताउनु भयो ।

डा.शशांक कोइराला भन्नु हुन्छ न मधेशी न पहाडी हामी हो नेपाली । डा.कोइरालाको यो वाक्यांशले हजारौ उपस्थितिलाई नया जोस र उमन्ग पैदा गरेको गरेको थियो । धर्म निरपेक्षताको सन्दर्भमा डा.कोइराला भन्नुहुन्छ नेताहरुले डलरमा रमाएर ८५% नेपाली जनताबाट आएको हिन्दु राष्ट्रको सुझावलाई दबाएर संबिधान घोषणा गरीयो । नेपाली कांग्रेसले अंतिम सम्म जनताको भावना राजनितीक दलले कदर गर्न पर्ने अठोट निर्णय लिदा कम्युनिष्टहरु मान्न तयार भएनन्।

यस्तो परिस्तिथीका बाबजुद अन्तत सनातन चलीआएको धर्मको रक्षा हुने गरी धर्म निरपेक्षता राष्ट्र बनाउनेमा सहमति भयो । तर पनी जनताको चाहाना दबाउन न मिल्ने भयकोले संबिधान संसोधन प्रस्ताव नेपाली कांग्रेसले सदनमा दर्ता गरायो र पास पनी गरायो । भारत र चिन नेपालका घनिष्ठ मित्र राष्ट्र हुन भन्दै डा.शशांक कोइरालाले यी दुबै राष्ट्र संग प्रारस्पारिक मित्रता बढाएर अगी बढन सरकार नसेकेको र प्रधानमंत्री ओलीले पटक पटक बिबादित बयान दिएर झनै संकट निम्ताएको भन्दै डा कोइराला भन्छन हामीलाई भारत भन्दा चिन संग बढी खतरा छ ।

उनले माहात्मा गान्धी र माओत सेतुङ्गको नाम लिदै यी दुबै नेताका बिचमा निकै लोकप्रियतामा रहनु भयका बि पी कोइरालाले २०१६ सालमा निकै सौहार्द मित्रता स्थापित गरी तिनै देशका जनताको भलोका निमित्त समाजबादी चिन्तन लागु गर्नुभयो । डा. कोइराला भन्नु भयो बि पी यो चिन्तनले संसार भर नया सोचमा परिणत गरेको थियो ।

आज हामी बीच बि.पी. कोइराला हुनुहुन्न तर वाहाले दिनु भयको चिंतन र भिजन छ मैले के भन्न खोजेको भने पिताजी बि.पी. कोइरालाले भन्नु भयको छ मानिस ब्रैडले होइन ब्रेनले चल्नु पर्दछ तब मात्र समाजबाद र प्रजातंत्र को बिकास हुन सक्दछ । सरकारको आर्थिक नितीको बिषयमा डा शशांक कोइरालाको कथन थियो सरकारको बार्सिक बजेटमा गिदाउने र बजाउने भन्दा नाच्ने नृत्यको नाटक जस्तो देखियो ।

ठुलो बजेट पेस गर्दा जनतामा कस्तो असर पर्छ या पर्दैन भन्ने यो सरकारले सोच्ने कुरा हो । आर्थिक बजेट भद्धा रुपमा ल्याइयो बजेट आउदाकै दिनबाट पेट्रोल र डिजलको भाउ आकासियो जुन अंतराष्ट्रिय क्षेत्रमा पेट्रोल डिजलको भाउ कतै बृद्धि भयको थीएन यस्ले आम जनतामा के जनायो भने बजेट जनमुखी छैन NGO, र INGO लाइ बढी महत्व दिइयो , कर्मचारीतंत्र गरियो र जनता लाइ गरीब बनाउने निती लागू गरियो ।

सोही अवशरमा भारतमा रहेका बिभिन्न संगठन छोडी १५० जाना नेपाली जनसम्पर्क समितिमा प्रबेस गरेका थिए । भोपालमा मुल प्रबाह नेपाली एकता समाज, प्रवासी नेपालीसंग परित्याग गरी नेपाली जनसम्पर्क समितिमा प्रबेश गर्ने संपुर्णलाइ डा. शशांक कोइरालाले ने.ज.स.मा कटिबद्ध भएर लाग्न निर्देशित गर्नु भयको थियो । वाहाहरुको प्रबेश भोपालमा रहेका नेपाली जनसम्पर्क समितिका केन्द्रीय सल्लाहाकार प्रमुख डोलराज भण्डारी , समाज सेवी एवं समितिका केन्द्रीय सदस्य डोलराज गैरे , प्रबक्ता जगन्नाथ पौडेल ,लिलामणी पाण्डे र नरिनारायण पंथकोहरुको त्यहा रहने नेपालीहरुको हकहित सुरक्षाको सकरात्मक निति देखी प्रभाबित ने.ज.स.मा प्रबेस गरेको प्रबेशकारीहरुले बताए ।

प्रबेश गर्ने हरुमा बिस्णु पाण्डे, लगाएत १५० जाना नेपाली जन संपर्क समितिमा प्रवेसले नया उचाई प्राप्त गरेको छ । संपुर्ण प्रवासीहरुलाइ संबोथन गर्दै बिषेश अथिती नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रकाश सरण महत र अर्का केन्द्रीय सदस्य एवं सांसद दीपक गिरी ट्रेड यूनियन कांग्रेसकी नेतृ रिता खनाल समितिका पुर्व अध्यक्ष महेन्द्र शर्मा भुषालले शुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend