साझा नेटवर्क
मो.अजिज अलि, कतार आषाढ ०७।
नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसम्पर्क समिति कतारले इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसर पारेर बृहत इफ्तार कार्यक्रम सम्पन्न गरेको छ । मौलाना अकबर अलिबाट कुरान पाठ गरि उद्घाटन गरिएको उक्त कार्यक्रममा अफगानिस्तानमा ज्यान गुमाउने १४ जना नेपालीहरु प्रति श्रदान्जली व्यक्त गरि कार्यक्रमलाइ औपचारिकता दिइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली दुतावासका दित्तीय सचिव गायत्री पौडेलले जनसम्पर्क समिति कतारले आयोजना गरेको बृहत इफ्तार कार्यक्रमलाइ धन्यबाद र शुभकामना दिदै यस्ता कार्यक्रमले नेपालका विभिन्न धर्म र समुदायहरुको बीच रहेको भाइचाराको सम्बन्धलाइ थप मजबुद बनाई नेपालीहरुको धार्मिक सहिष्णुता सहितको उदहारणीय सम्बन्धको संदेश प्रवाह हुन्छ र बिसुद्द सेवाभावले गरिने यस्ता खाले कार्यक्रमले नेपाल र कतार बिच रहेको सुमधुर सम्बन्धलाई पनि अझै प्रगाण र गतिशील बनाउन सदैव रचनात्मक भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास व्यक्त गरे साथै कतारको धर्म सांस्कृति र नियम कानुनलाइ पनि हामीले यसरीनै सम्मान गर्नु पर्ने बताए ।
इस्लामिक क्यालेन्डरको नवौ महिनालाइ रमजानको पवित्र महिना भनिन्छ र सो महिना भरि मुस्लिम समुदायले बिहान सुर्योदय देखि बेलुका सुर्यास्त सम्म निराहार बर्त बस्ने गर्दछन । कार्यक्रममा मुस्लिम धर्म गुरु मौलानाहरुले रमजानको बारेमा प्रवचन दिएका थिए रोजेदार (बर्तालु) हरुलाई विभिन्न परिकार सहित इफ्तार (रोजा / बर्त खोल्नु) गराइएको थियो । कतारमा रहेका अधिकाम्स मुस्लिम समाजहरु लगायत बैचारिक सामाजिक संघसंस्था र पत्रकारहरुको बाक्लो उपस्थित रहेको थियो । समितिका सभापति केशब भुसालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन महामन्त्री अजिज अलिले गरेका थिए । जनसम्पर्क समितिले हरेक बर्ष इफ्तार कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । नेपालका सबै धर्म समुदायको अन्य चाड पर्वहरुलाई पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गरेको उपसभापति शंकर न्यौपानेले स्वागत मन्तव्यका क्रममा कार्यक्रमको औचित्य माथिपनि प्रकाश पारेका थिए ।
कार्यक्रमका बिशेष अतिथि जनसम्पर्क समितिका संस्थापक सभापति नरेन्द्र भाट, संस्थापक सल्लाहकार बद्रि पाण्डे, निवर्तमान महामन्त्री एवं महाधिवेशन प्रतिनिधि धिरज चामलिंग राई, प्रवासी नेपाली मंचका अध्यक्ष रामहरी गैहे, जनप्रगतिसिल मंचका अध्यक्ष शनि कुमार ओली, नेपाली एकता समाजका अध्यक्ष लुमाकांत पुन, नया शक्ति नेपालका संयोजक बीबी खरेल, महासमिति सदस्य कमल तामांग, मो शाकिर अलि, मुस्लिम समाजका अध्यक्ष अब्दुल हफिज, एनआरएनए आइसीसी सदस्य बिनोद भट्टराइ, एनसिसि अध्यक्ष बिनेश तामांग लगायत पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडे, नेपाल प्रवासी आदिवासी जनजाति महासंघका अध्यक्ष सियाराम चौधरिले कार्यक्रममा शुभकामना मन्तब्य राखेका थिए । त्यसै गरि जिल्ला स्तरीय संघसंस्थाहरुका तर्फबाट गोरखा सेवा समाजका अध्यक्ष शुदर्शन भट्ट, मुस्लिम समाजहरुका तर्फबाट स्याङ्जा वालिंग मुस्लिम समाजका अज्मद अलि बुद्दिजीवी समाजसेवीहरुका तर्फबाट बिल गुरुङ, याकुब राइन लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा जनसम्पर्क समितिका निवर्तमान सभापति तथा प्रमुख सल्लाहकार बिमल सुवेदी, संस्थापक सल्लाहकार एवं महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह, कांग्रेस महासमिति सदस्य स्याम श्रेष्ठ व्यवसायी एवं एनआरएनए कोअप्ट मेम्बर आरके शर्मा, व्यवसायी एवं एनआरएनए दित्तीय उपाध्यक्ष प्रविन गुरुङ, व्यवसायी अब्दुल बासिद, मोहम्मद मुक्तदा, संस्थापक सदस्य कुमार कार्की मुस्लिम समाजसेवी करिम मिया, जलिल खान, अख्तर हुसैन लगायत मौलानाहरु बिशेष अतिथि र अतिथि रहेका थिए । अन्तमा मौलाना मोहम्मद नेसार अहमदको दुवा फातिया संगै इफतार (रोजा) खोलिएको थियो भने कार्यक्रमका सभापतिले सबैलाई धन्यबाद दिदै कार्यक्रम समापन गरेका थिए ।
फोटो फिचर
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend