logo
  • शनिबार, साउन ३० २०८३

निवर्तमान दोहली गाविस उपाध्यक्ष तथा समाजसेवी थापाको निधन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी आषाढ ०७। captain
दोहली गाविसका निबर्तमान गाविस उपाध्यक्ष क्याप्टेन बिन बहादुर थापाको ८५ बर्षको उमेरमा निधन भएको छ । दोहली गाविस वडा नं ६ हुल हरेपाटा निवासी थापाको असार १ गते हृदयघातका कारण घरमै मृत्यु भएको थियो ।

२०५४ सालको स्थानीय निकायको चुनावमा नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्ष पदमा निर्वाचित थापाले भारतीय सेनाबाट अवकास भएपछिको लामो समय समाजसेवामा खर्चिनु भयो । अत्यन्तै सरल र मिजासिलो स्वभाव भएका थापा गाविसका करिव एक दर्जन संघ संस्था र समितिहरुको नेतृत्वमा रहनुभएको थियो । २०४७ सालबाटै सक्रिय राजनितीमा लाग्नुभएका थापा १७ बर्ष नेपाली कांग्रेस दोहली गाविसको सभापति हुनुभयो ।

पार्टीलाई क्रियाशिल बनाउने र संगठनको हितमा लामो समय भुमिका निर्बाह गर्ने कुशल व्यक्तित्वको निधनले आफु र आफुनो पार्टीलाई ठुलो क्षति पुगेको नेपाली कांग्रेसका पुर्व क्षेत्रिय सभापति दामोदर भुसालले बताउनुभयो । त्यस्तै गाविसका विकास निर्माण लगायतका विभिन्न गतिविधीमा सक्रिय उपस्थिती जनाउने थापाको निधनले गाविसलाई पनि अपुरणीय क्षति पुगेको गाविस सचिव भिम प्रसाद पोख्रेलले बताउनुभयो ।

देस्थिान निमावि दोहली ६ का संस्थापक अध्यक्ष समेत रहनुभएका थापालाई जिल्ला शिक्षा कार्यालय गुल्मीले २०७२ सालमा उत्कृष्ठ बिद्यालय व्यावस्थापन समितिका अध्यक्षको रुपमा सम्मान गरेको थियो । २०४५ साल पुस ९ गते प्राविको रुपमा स्थापना भएको देविस्थान निमावि अहिलेको अवस्था आउनुको महत्वपुर्ण श्रेय दिवङ्गत व्यक्तित्व थापाकै रहेको बिद्यालयका प्रध्यानाध्यापक बसन्त दर्लामीले बताउनुभयो ।

करिव ५ लाखको लागतमा थापाले सोहि स्थानमा देविस्थान मन्दिर समेत निर्माण गर्नुभएको छ । लामो समय सामाजिक जीवन बिताइसक्नु भएका क्याप्टेन थापा २०७२ साल असार २ गते स्थानीय शान्ति समिति दोहलीको संयोजक बन्नुभएको थियो । स्वर्गिय थापाका श्रीमति ६ छोरा र ५ छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend