logo
  • शनिबार, साउन ३० २०८३

चलचित्र ऊमंगको फस्ट लुक सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, आषाढ ०७ ।
यथार्थ परक नेपाली चलचित्र उमंग को फस्ट लुक सार्वजनिक भएको छ । ७५% छायांकन दुबईमा गरिएको चलचित्रको बाकी दृश्य गुल्मी बागलुङ र काठमाडौमा गरिएको छ । थुप्रै चलचित्रमा कोरियोग्राफर र मुख्य सहायक निर्देशक भएर काम गरेकाशिव शर्माले यो चलचित्रको निर्देशन गरेका हुन । चलचित्रले मनमा उमंग बोकेर परदेशीन बाध्य भएका परदेशीको कथा समेटेको छ ।

13493000_1746082445670014_1661549615_nछायांकन सुरु भएदेखि नै चर्चामा रहेको चलचित्र उमंगले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ , चलचित्र नेपाल माप्रदर्शन गर्नु पुर्ब दुबई ,कतार ,अस्ट्रेलिया, हङकङ , बेल्जियम, जापान र अमेरिकामा बिशेष शो गर्न लागिएको कुरा निर्देशक शिबशर्माले बताएका छन । चलचित्रमा बिनिता बराल, कुमार बि.सी, सि.पि.पौडेल ,राम बाबू रेग्मी,शिला श्रेष्ठ,रुपेश सुवेदी ,राम थापा,उमेश कुमार के.सी,लगायतको अभिनय रहेको छ ।

13514265_1746082449003347_1804710905_nबसन्त अधिकारीको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा संगीत अर्जुनपोख्रेल र बि.बि.अनुरागी, द्वन्द कुमार महर्जन,सम्पादन अर्जुन जि.शि.तथा VFX अक्कि शर्माको रहेको छ । रबिन्द्र बराल छायांकार रहेको फिल्मको कथाकार कुमार बि.सी हुन भने आफू बिदेशमा बसेर बिदेशको दुख कष्ट भोगेको र सोही बिषय बस्तु लाइ चलचित्रको कथा बनाएका कुमार बि.सी. नै चलचित्रका निर्माता हुन । चलचित्र तिहारको मौका पारेर कार्तिक १२ गते अधिराज्य भर प्रदर्शन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend