logo
  • शनिबार, साउन ३० २०८३

म्याग्दीका महिलाहरु गुल्मी भ्रमणमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी आषाढ ७ ।
म्याग्दीकी महिला तथा वालवालिका अधिकृत निर्मला शर्माको नेतृत्वमा त्यस कार्यालयका कर्मचारी सहित एक सहकारी संस्थाका महिलाहरु गुल्मी भ्रमणमा आएका छन् । उनिहरुलाई गुल्मीकी महिला तथा वालवालिका अधिकृत प्रतिभा पन्थीले स्वागत गर्दै जिल्ला प्रशासन कार्यालय लगायतका स्थानमा अवलोकन गराई प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल संग भेट गराएकी थिईन् ।
MVI_0005.MOV.Still002
उनी संगै शिवशक्ती महिला विकास वहुउद्देस्यीय सहकारी संस्थाबाट गुल्मीको भ्रमणममा आएका उनिहरुले गुल्मी अत्यन्तै सुन्दर रहेको कुरा म्याग्दीवासी संग प्रचार गरेर त्यहाँबाट गुल्मीको भ्रमणका लागि प्रोत्साहित गर्ने बताउँदै म्याग्दीको प्रशिद्ध पर्यटकिय र धार्मिक स्थल तातोपानीको भ्रमणमा गुल्मीवासीलाई निम्तो दिए ।
MVI_0005.MOV.Still001
उनिहरुले म्याग्दीको यानीमाया, सालैजो गीत मात्रै सुनाएनन् दुई जिल्लाका महिला अधिकृतद्धयले नृत्य समेत गरेर भेटघाटलाई अविस्मरणीय समेत पारेका छन् । म्याग्दीकी महिला विकास अधिकृत निर्मला शर्माले गुल्मी जिल्ला प्रशासन अत्यन्तै नागरिक मैत्री भएको बताउदै आफ्नो जिल्लाको सरकारी कार्यालयहरुमा पनि नागरिक मैत्री बनाउन प्रयासरत रहँदै आएको बताईन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend