logo
  • शनिबार, भाद्र २० २०८३

महिलाहरुको तिज आयो शंकर बि.सीलाई फुर्सद छैन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

काठमाडौं, आषाढ ०६।
जब तिज नजिकिदै आउँछ नेपाली महिला कलाकारहरु धमाधम तिजको गित गाउँनमा मस्त अनी ब्यस्त हुने गर्छन् ।

13432255_1116300851741260_5118678354959650906_nत्यस्तै निर्देशक शंकर बि.सी पनी महिलाहरु सँगै तिजको गित भिडियोको निर्देशन र मोडलिङमा ब्यस्त हुन्छन् । यति बेला पनी २०७३ को तिज नजिकिदै आएको छ महिला कलाकारहरु धमाधम तिजको एल्बम निकाल्न ब्यस्त अनि मस्त छन् भने शंकर बि.सी पनी उनीहरु सँगै निर्देशन र मोडलिङमा ब्यस्त भएका छन् ।

13445475_1116300158407996_7158577671297670730_n
करिब दुई हजार भन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरिसकेका निर्देशक बि.सी अस्ती आषाढ  ४ गते देखी तिजको गित शुटिङमा ब्यस्त भएका हुन् । अरु बेला यसै पनी लोकदोहोरी भिडियो शुटिङमा ब्यस्त हुने शंकर बि.सी आज भोली झन् तिजको भिडियोमा भ्याइनभ्याइ छ । चर्चित निर्देशक भनेर चिनिने उनि कहिले फिल्मको गीतहरु शुटिङमा पनि ब्यस्त हुने गर्छन् पोहोर साल भने यसै समयमा नेपालमा हैन भारतमा ब्यस्त भएका थिए ।
13434744_1116300965074582_8065663623040746297_n
पोहोर साल बि.सी भारतीय एक हिन्दी चलचित्रको गितको शुटिङमा ब्यस्त भएका थिए । पोहोर सालमा आफ्नो जन्मदिन परेको पनि हिन्दी चलचित्रको शुटिङमा ब्यस्त भएको हुँदा भारतीय चलचित्र कर्मी कलाकारहरुसँग मिलेर उतै आफ्नो जन्मदिन धुमधाम सँग मनाएका थिए । यसपटकको जन्मदिन भने नेपालमै मनाएर ब्यस्त पनि नेपालमा नै भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend