साझा नेटवर्क
काठमाडौं, आषाढ ०६।
अफगानिस्तानमा बम विस्फोटमा मारिएका १२ नेपालीको पहिचान भएको छ । परराष्ट्रमन्त्रालयले १२ नेपालीको पहिचान भएको जनाएको छ । विहान आत्मघाती विस्फोटमा परि उनीहरुको मृत्यु भएको थियो ।
परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी यस्ताे जानकारि गराएकाे हाे । विस्फाेटमा १४ जनाकाे ज्यान गएकाे भए पनि २ जनाकाे सनाखत हुन सकेकाे छैन । अन्य दुइ जनाकाे अनुहार पनि नेपालीसँग मिल्दाे जुल्दाे भएकाले पुष्टि हुन नसकेकाे मन्त्रालयले जनाएकाे छ । विस्फाेटमा ७ जना नेपाली घाइते भएका छन् । मृत्यु भएकाहरूकाे शव नेपाल ल्याउने पहल भइरहेकाे परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पाैडेलले जानकारी दिए ।
क्यानेडियन दुतावासमा सुरक्षागार्ड रहेका उनीहरू काममा जाने क्रममा विस्फाेटमा परेका थिए । उनीहरू सवार वसमा तालीवानले अात्मघाती विस्फाेट गराएका थिए । विस्फाेटमा अफगानकाे अान्तरिक मामला मन्त्रालयले १४ जना नेपालीकाे मृत्यु भएकाे बताए पनि परराष्ट्रमन्त्रालयले भने १२ जनाकाे पहिचान भएकाे जनाएकाे हाे ।
पहिचान हुनेको नामावली :
घाइते हुनेहरू
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend