साझा नेटवर्क
काठमाडौँ, आषाढ ०६ ।
हिमाल नै हिमालले भरिएको हाम्रो सुन्दर देश नेपालमा बिस्वलाई आकर्षित गर्न सक्ने आकर्षण छ । हिमाल जति स्वच्छर सुन्दर छ त्यति नै राम्रो अनि पबित्र मन छ हिमाली भेगमा बस्ने नेपाली हरुको र सुन्दर मन संगै सुन्दर तन पनि भएकाहिमालीहरुको कथा बस्तुलाई समेटेर बन्दैछ नेपाली कथानक चलचित्र “हिमालकी रानी” हुन त हिमालकी रानी भनेर हिमालमा बस्ने अनि हिमाली भेगका शेर्पा समुदाय तथा तामाङ समुदायलाई चिनिन्छ। तर, नेपाली कथानक चलचित्र ‘हिमालकी रानी’ मा भने शान्ता कुमारी तामाङको प्रमुख अभिनय रहेको छ ।
हिमाली भेगको रहन सहन अनि जिबन शैली को आधारमा बनाउदै गरेको यस चलचित्र हिमालकी रानीमा नायिका शान्ता लामा चौरीगोठालो देखि कसरि चिज उधोगको मालिक बनिन र हिमाली क्षेत्रको जिबन यापन शैलीको बारेमा चलचित्र मार्फत निर्देशक रोशनफ्युवा र उनका साथीहरूले हिमाली जनजीवन र परिवेशमै पुगेर छायाङ्कन गरी चलचित्र ‘हिमालकी रानी’को निर्माण गरेका छन् । चलचित्रमा नेपालको हिमाली भेगमा बसोबास गर्ने समूदायको समग्र प्रतिनिधित्व स्वरूप उनीहरूको जीवनस्तर, लवाई खवाई, रहनसहन र मायाप्रितीसँग जोडिएका विविध पक्षहरूलाई समेटिएको छ ।
यदि मिहिनेत गर्यो भने कुनै काम गर्न लाइ असजिलो छैन रहामीले हरेक काममा सफलता पाउछौ भन्ने सन्देश दिने व्यवसायी समेत रहेका कलाकार तथा निर्माण समूहका प्रदिप फ्युवालेजानकारी दिएका छन् । चलचित्रमा समावेश गरिएका सम्पूर्ण दृश्य वास्तविक भएको दाबी गर्दै उनले भने– ‘हामीले यो चलचित्रमाअभिनय भन्दा पनि वास्तविकता उतार्न खोजिएको छ ।करिब ९० प्रतिशत छायाङ्कन सकिएको चलचित्रको बाँकी काम अभिनेताएवम् क्याप्टेन विजय लामाको साथमा काठमाडौंमा हुने बताइएको छ । चलचित्रको ८० प्रतिशत छायाङ्कन भने गणेश हिमालको आसपासमा अवस्थित धादिङको तिप्लिङ र रसुवाको गत्लाङमा गरिएको छ।
जसले हिमाली भेगमा बसोबास गर्ने तथा त्यहाँबाट दुर्गम गाउँ, हिमालको कुहिरो भित्र लेकबेंशी गर्दै जीवन बिताउनेहरूको कथाछर्लङ्ग हनेछ ।त्यस्तै हिमालकी एक चेलीको यथार्थ कथालाई चलचित्रले केन्द्रभागमा राखेको बताइएको छ । रोशन फ्युबा तामाङ द्वारा निर्देशित चलचित्रलाई ल्हाप्साङकार्पाे म्युजिक सेन्टर प्रा.लि.ले प्रस्तुत गर्ने भएको छ । आउँदो दशैंकोसेरोफेरोमा नेपालका सबै हलहरूमा रिलिज गर्ने तयारी गरिएको चलचित्रलाई विदेशमा पनि रिलिज गरिने भएको छ । चलचित्रमास्थानीय कलाकारहरू प्रदिप फ्युबा, नायिका शान्ताकुमारी तामाङ ( फस्ट रनर अफ मिसेस आइकन २०१५ तथा समाजसेवी), प्रकाशवाईबा, लक्ष्मी घिसिङ, मर्नेन वाईबा, मिग्मार घले (स्योप्ता), कान्छा लामा, गोम्बो तामाङ, गा घले जयवीर तामाङ र महेन्द्रतामाङलगायतले अभिनय गरेका छन् ।
निर्देशक रोशन फ्युबा तामाङको कथा, पटकथा, सम्वाद र गीत रचना तथा संगीत चलचित्रमा रहेको छ भने प्रकाश वाईबाले छायाङ्कन गरिरहेका छन् । त्यसैगरी सिङ्ग तामाङको नृत्य र महेन्द्र तामाङको द्वन्द्व चलचित्रमा समावेश गरिएको छ ।‘हिमालकी रानी’ प्रस्तुतकर्ता ल्हाप्साङकार्पो समूहको निर्माण रहेको उक्त चलचित्र निर्देशक रोशन फ्युबा तामाङको तेस्रो चलचित्र हो ।उनका यसअघिका चलचित्रहरू पनि सफल भएको दाबी गरिएको छ । हिमाली परिवेशलाई समेटेर तयार पारिएको यो चलचित्रलेदर्शकहरूको मन जित्ने र विगतका चलचित्रभन्दा राम्रो ब्यापार गर्ने दाबी निर्माण पक्षको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend