साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी आषाढ ६।
अविरल बर्षासंगै आएको पहिरोले बिद्यालय पुरिँदा छापहिले गाविस ९ बोमको सिद्ध प्रावि बन्द भएको छ । असार २ गते राति आएको पहिरोले २०६८ सालमा स्थापना भएको पुरानो भवन र निर्माणाधिन नयाँ भवन पुरिँदा बिद्यालय संचालन गर्न नसक्ने अवस्था रहेको बिद्यालयका प्रअ निमा गिरीले जानकारी दिए ।

कक्षा १ देखि ३ सम्म पढाई हुने सो बिद्यालयमा १ सय १६ जना बिद्यार्थीले अध्ययन गर्दै आएका छन् । पहिरोको थप जोखिम समेत भएकाले तत्काल बिद्यालय संचालन गर्ने अवस्था नरहेपछि बिद्यार्थीहरुलाई स्थानीय बिदा दिएको गिरीले जानकारी दिए । स्थानीय विकास अधिकारी डिलाराम पन्थीले अर्को व्यावस्था नहुन्जेल तत्काल अस्थायी टहरो बनाएर भएपनि पढाई संचालन गर्न निर्देशन दिएको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend