logo
  • शनिबार, साउन ३० २०८३

चर्चामा आउन मात्र होइन फोटोशुट गराएको- मोडल दीपिका


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सुर्य चन्द, काठमाडौँ आषाढ ५ ।
राम्रो बन्ने सुन्दर देखिने अनि नाम कमाएर चर्चामा आउने रहर सबैमा हुन्छ । त्यो पनि रंगिन संसारमा अनि सिने संसारमा आफ्नो नाम स्थापित बनाएर । सपनाको शहर काठमाडौँ जहा दैनिक लाखौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन । त्यसै सपनासंग जोडिएको एउटा मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्वाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ ।
13467721_10208417291182306_421455228_o
त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाई स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नव मोडल हुन दिपिका भट्ट । बिगत केहि बर्ष देखि मोडलिङमा संघर्ष गर्दै आएकी दिपिका अहिले आफ्नो लक्ष्यमा पुग्न दिनरात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन। भर्खरै मात्र मिस्टर नेपाल भएका मिस्टर नेपाल २०१६ का बिजेता गणेश अग्रवाल संग हट फोटोशुट गराएकी दिपिकाले चर्चामा आउन मात्र यसो नगरेको बताउछिन ।
13453239_10208417323663118_533925074_o
आगामी दिनहरुमा मोडलिङ क्षेत्रलाइ ब्यबस्थित गर्न लागि पर्ने बताउछिन । अभिनयमा पोख्त दिपिका सुन्दर मुहार र आकर्षक शरीरको धनी पनि छिन । चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहार नै उनि प्रतिको आकर्षण पनि हो । उनि मेहनतका साथ अभिनय कलालाइ अझै निखारता ल्याउदै मोडलिङ अर्थात सिने नगरीमा स्थापित हुन चाहन्छिन । चितवन पुर्ख्यौली घर भएकी दिपिका भट्ट अहिले सुन्दर शहर भक्तपुरमा बस्छिन ।

भर्खर २० औ बसन्तमा प्रवेश गर्न लागेकी मोडल दिपिका हेर्दा पनि आकर्षण छिन। हासी रहने शालीन स्वभाबकि मोडल दिपिका भट्टले केहि विज्ञापनहरुमा समेत काम गरि सकेकी छिन। उनि मोडेल मात्र नभएर एक राम्रो गीतकार पनि हुन भर्खरै मात्र गायिका इन्दिरा जोशी, गायक हिमाल सागर, गायक प्रमोद खरेलको आवाजमा आफ्नो गित रेकर्ड गराई सकेकी दिपिकाले चाडैनै त्यो गितहरुको म्युजिक भिडियो समेत निर्माण गर्न लागेकी छिन । उक्त म्युजिक भिडियोमा आफैले अभिनय गर्ने समेत उनले बताइन ।

उनि भन्छिन त्यसको अलावा यदि कसै बाट राम्रो म्युजिक भिडियो तथा फिल्महरुमा अफर आएमा खेल्ने सोचमा पनि छिन । सानै उमेर देखि अभिनयमा पनि आफुलाई अब्बल दर्जामा राख्न अनि कलाकारितालाई माया गर्ने दिपिका भविष्यमा एक सफल मोडेल बन्न रुचाउछिन। नव मोडेल दिपिकाले भनिन्, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।

मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानुपर्छ एकदिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ । जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो । एकदिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन। बिसेष गरि आफ्नो आमा दिदि दाजुहरुको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडी बढेकी दिपिका मोडेल मात्र नभएर एक कुशल गीतकार पनि हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend