logo
  • शनिबार, साउन ३० २०८३

सहकारीले महिलाहरुलाई आत्मनिर्भर बनाउँदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिश शर्मा गैरे, गुल्मी आषाढ ०५।
लक्ष्मी नारायण महिला कृषि सहकारी संस्था लिमिटेड वामीटक्सार गुल्मीले उत्पादन गरेको आलुले बल्ल ढुवानीको लागी सहजता पाएको छ । वामी ५ मा उत्पादन गरिएको आलु बाटो निर्माणको काम चलिरहेको हुनाले निकै दिन देखी बोरामै थन्किन बाध्य भएको थियो । संस्थाकी सचिब यमुना गौतमका अनुसार ठेकेदारको लापरबाहीका कारण ढुवानीमा समस्या भएको थियो । उहाँका अनुसार प्रत्येक बर्ष बाटो निर्माणको लागी काम असार महिनामा मात्र शुरु गर्ने ठेकेदारको लापरबाही प्रबृतिको कारण यस्तो समस्या प्रत्येक बर्ष सिर्जना हुने गरेको छ ।

पोहोर साल पनि यस्तै समस्या भएको थियो । उहाँका अनुसार उत्पादन गरेर तयार पारेको हप्तौ पछि आज मात्र बल्ल बल्ल १५ मुरी आलु वामी बजार ल्याइपुर्याइएको छ भने अझै ढुवानी गर्न बाँकी रहेको छ । संस्थाले आफ्नो संस्थामा आबद्ध महिलाहरुलाई कृषि क्षेत्रमा सहभागीता गराउनको लागी निकै उदाहरणीय काम गरेको छ । केही महिना अघि मात्रै संस्थाको सहयोगमा वामी ५ का २० जना महिलाहरुले गरेको आलु खेती बाट अहिले ४५ मुरी फसल दिएको छ । महिला तथा बालबालीका कार्यालयको सहयोगमा संस्थाले यस्तो परोपकारी कार्य गरेको छ ।

कार्यालयको १ लाख ५० हजार आर्थिक सहयोगमा संस्था ती महिलाहरु तम्घासमा एक हप्ता आलु खेती सम्बन्धी तालीम समेत प्रदान गरेको थियो । यसै बिच सहकारीले महिलाको कृषि क्षेत्रमा सहभागीता बढाउनकै लागी अलैची खेती कार्यक्रम पनि शुरु गर्न लागेको छ । आगमी एक देखी दुई हप्ताको बिचमा अलैचीको बेनाहरुको ब्यबस्था हुने र वामी ५ का महिलाहरुको आबश्यकता तथा माग अनुसार बेर्ना बितरण गरिएको सहकारी की सचिब घिमिरेले जानकारी दिनुभयो । त्यस्तै सहकारीले सुन्तला खेती कार्यक्रम पनि सञ्चालन गर्न थालेको छ । संस्थामा आबद्ध सदस्यहरुलाई अनुदान सहित सुन्तलाका बेर्ना बितरण कार्यक्रम पनि शुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

सहकारी संस्थो वामीका बिभिन्न क्षेत्रमा निकै ठुलो काम गर्दै आइरहेको छ । वामी ८ मालारानी तथा पुरागाँउमा मौरी पालन कार्यक्रम, वामी ५ मा समुहिक आलु, अलैची तथा सुन्तला खेती, वामी ९ शेरामा धानको बीऊ उत्पादन, वामी १ मा हाट बजार सञ्चालन गर्नुका साथै मसला उद्योग पनि सञ्चालन गर्दै आइरहेको छ । स्थापना भएको छोटो समयमै सहकारीले राम्रो काम गरि सबैको वा वा को सहकारी बनिसकेको छ । भने महिलाको उत्थान तथा समृद्धिको केन्द्र पनि बनेको छ । २०७० साल असार ११ मा महिला बिकास कार्यक्रमलाई सहकारीमा दर्ता गराएको सहकारीमा अहिले जम्माजम्मी ५ सय १२ जना महिला सदस्य रहेको सहकारीकी अध्यक्ष डिल कुमारी मल्लले जानकारी दिनुभयो । यसरी संस्थाले गरेको महिला आत्मनिर्भरको कार्यलाई सबैले प्रशंसनीय भनेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend