logo
  • शनिबार, साउन ३० २०८३

बलेटक्सार रुपन्देही समाजद्वारा रक्तदान


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

बुटवल, आषाढ ०५।
हरेक महिना एउटा सामाजिक कामको नारा लिएर गत वैशाखमा स्थापित गुल्मी बलेटक्सार–रुपन्देही सम्पर्क समाजले तेस्रो महिना तेस्रो काम ‘रक्तदान’ कार्यक्रम सम्पन्न गरेको छ ।
20160618_090522

नेपाल रेडक्रस सोसाईटी रुपन्देहीले सञ्चालन गरेको रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राबिधिक सहयोगमा केन्द्र परिषर मै संचालित रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए ।गत बैशाखमा समाजले २०७३ सालको भित्ते पत्रिका प्रकाशन गरेको थियो भने जेठमा गुल्मीको थानपती गाबिस अग्नी पिडितलाई राहत प्रदान गरेको थियो ।

20160618_085111

तेस्रो महिनाको कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष नारायण ज्ञवालीले बताउनु भयो । समाजले यो महिना थप अर्को कार्यक्रम पनि घोषणा गरेको छ जस अन्तरगत बृक्षारोपण कार्यक्रम तय गरेको सचिव हेम थापाले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend