logo
  • शनिबार, साउन ३० २०८३

पाल्पामा निर्माणाधिन भ्यू–टावर ७ वर्ष बितिसक्दा पनि बन्न सकेन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

ce85bd2f-3b14-4bae-a9b4-e75a3780f58d

निर्माणाधिन पाल्पा श्रीनगरको भ्यु-टावर

भुबन रायमाझि, पाल्पा आषाढ ४ ।
समग्र पाल्पाको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले तानसेनको श्रिनगरमा निर्माणाधिन भ्यू–टावरको निर्माण कार्य ७ बर्षमा पनि पुरा हुन सकेको छैन । २०६६ सालमा निर्माण सुरु भएको भ्यू टावरको निर्माण कार्य बजेट अभावका कारण अलपत्रमा परेको छ । तानसेन नगरपालिका र पर्यटन मन्त्रालयको क्रमागत वजेटमा निर्माण सुरु गरिए पनि बीचमै वजेट अभावकै कारण भ्यू–टावरको निर्माण कार्य पटकपटक रोकिन पुगेको थियो ।

विगत २ बर्षदेखी बजेट अभावको कारण पूर्णरुपले नै काम रोकिएको छ । पहिलो चरणको योजना अन्तर्गत २०६६ साल चैतमा पर्यटन मन्त्रालयको ३५ लाख र तानसेन नगरपालिकाको ११ लाख ४९ हजार रुपैयाँ, गरी ४६ लाख ४९ हजार रकम स्वीकृत भएको थियो भने दोस्रो चरणमा २०६८ साल वैशाखमा योजनामा नगरपालिकाबाट ६२ लाख ८३ हजार रुपैयाँ स्वीकृत भएको थियो । पहिलो चरण र दोस्रो गरेर कुल ९६ लाख ४ हजार रुपैयाँ खर्च भइसकेको छ ।

निर्माण कार्य समयमै सम्पन्न गर्न पनी पटक पटक डेलिकेशन जाँदा पनि सुनुवाई नभएको स्थानीय सरोकारवालाहरु गुनासो गर्दै आईरहेका छन् । पाल्पाको पर्यटन प्रबद्र्धनका लागी भ्यू–टावरको निर्माण कार्य छिटो सम्पन्न गरी व्यवस्थित तरीकाले प्रयोगमा ल्याउँनुपर्ने उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन बताउँछन् । ‘नगरपालिकाले चासो नै दिँदैन हामिले वढी चासो दिएर के गर्ने ?’ महर्जन गुनासो गर्छन । चितवनबाट पाल्पा घुम्न आएकी अनुशा भट्ट टावरको निर्माण कार्य छिटो सम्पन्न गरी व्यवस्थित गर्न सके प्रशस्त पर्यटकहरु भित्रयाउन सकिने बताउँछिन ।

‘सोँचेभन्दा पाल्पा धेरै राम्रो पाएँ ,यति राम्रो भ्यू– टावर बन्दै रहेछ यसलाई व्यवस्थित र प्रचारप्रसार गर्न सके प्रशस्त पर्यटकहरु भित्रयाउँन सकिन्छ,– उनले भनिन ।’ तानसेन नगरपालिकाका ईञ्जिनियर मनोहरलाल शाक्यका अनुसार पहिलो चरणको ९९ प्रतिशत र दोस्रो चरणको ७९ प्रतिशत काम सम्पन्न भएको छ । अब चाँडै नै निर्माण कार्य पुरा हुने ईञ्जिनियर शाक्य बताउँछन् ।बजेट अभावका कारण पटकपटक रोकिएको श्रिनगरको भ्यू–टावर निर्माण कार्य केहि दिन भित्रमै शुरु गरीने बताइएको छ ।

नेपाल सरकारवाट भ्यू–टावर निर्माणका लागी बजेटको व्यवस्था भईसकेको तानसेन नगरपालिकाले जनाएको छ । ‘नेपाल सरकार स्थानिय विकास मन्त्रालययको जगेडा कोषबाट भ्यू–टावर निर्माणका लागी ५० लाख रुपैयाँ बजेट स्विकृत भईसक्यो, नगरपालिकाका कार्यकारी अधिकृत अनिल पौडेलले भने,–‘ अवको केहि दिन भित्रमै रोकिएको काम पुन सुचारु हुन्छ ।’ रोकिएको भ्यू– टावरको निर्माण कार्यसंगै टिकट घर र फुलवारी पनी निर्माण गरीने छ ।

भ्यू–टावर निर्माण भएपछि समग्र जिल्लाकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने लक्ष्य लिइएको छ । ३२ मिटर अग्लो भ्यू–टावरबाट बिभिन्न हिमश्रृङ्खला, तानसेन बजार, माडीफाँट, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पर्वत र भारतको गोरखपुर लगायत टाढाटाढासम्मका मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend