logo
  • शनिबार, साउन ३० २०८३

एसएलसीमा न्यून ग्रेड आएपछि छात्राले गरीन आत्महत्या


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

बैतडी, आषाढ ४।Sucide
एसएलसीको नतिजाबाट निराश बनेकी बझाङकी एक छात्राले आत्महत्या गरेकी छन । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार पिपलकोट–१ की १८ वर्षीया सपनाकुमारी भण्डारीले गरेकी हुन्। चन्दले भने “सँगैकी साथी राम्रो ग्रेडमा पास हुँदा आफ्नो न्यून ग्रेड आएको भन्दै आत्महत्या गरेको भन्ने बुझिएको छ ।

मृतक छात्राले बुङगलस्थित बटुलसेरा कन्या माविबाट एसएलसी परीक्षा दिएकी थिइन । बिहीबार एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको दिन न्यून ग्रेड ल्याएको भन्दै भण्डारीले रुखमा झुन्डिएर आत्महत्या गरेको कन्या माविका शिक्षक अक्कल कुँवरले बताए ।

“विद्यालयका जेहेन्दार विद्यार्थीले यसरी आत्महत्या गर्दा विद्यालय परिवार दुखित भएको कुँवरले बताए । हालै प्रकाशित एसएलसी नजितमा भण्डारीले डी प्लस मा १ दशमलव ३० जिपिए ग्रेड ल्याएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend