logo
  • शनिबार, साउन ३० २०८३

आयो दुर्घटना नै नहुने मोटरसाइकल


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

-एजेन्सी ।
विश्वभर मोटरसाइकललाई जोखिमयुक्त सवारी साधनका रुपमा लिइन्छ । सुरक्षाका दृष्टिकोणले मोटरसाइकल बाहेकका सवारी साधन नै मानिसको छनोटमा पर्छ । तर अब त्यस्तो दिन सकिएको छ । अमेरिकामा अत्पादन भएको मोटरसाइकल आफै उभिने र दुर्घटना नहुने क्षमता राख्छ ।
Moterscycle no accedent
स्व सन्तुलित बताइएको उक्त विद्युतीय मोटरसाइकलमा एक चालक र अर्को एक जना चढ्न मिल्छ । अचम्मको कुरा के छ भने गुडिरहेको अवस्थामा पनि यो मोटरसाइकललाई अन्य कुनै साधनले धक्का दिएपनि आफै सन्तुलित हुन्छ र दुर्घटना हुँदैन ।

सन् २०१० देखि अमेरिकाको स्यान फ्रयान्सिस्कोमा अवस्थित लिट् मोटर्सले निर्माण गरेको मोटरसाइकल कम्प्युटर नियन्त्रित गाइरोस्को पिकल्ली स्टेवलाइज सिस्टमका कारण सानो कारजस्तो सुरक्षित रहेको दाबी गरिएको छ । यसको मुल्य करिब २० लाख नेपाली पर्ने बताइएको छ ।

झट्ट हेर्दा प्रचलनमा आएका इलेक्ट्रिक कार र स्पोर्टस् मोटरसाइकलजस्तो देखिने यो मोटरसाइकल विभिन्न देशहरुमा हुने गाडी प्रदर्शनहरुमा दह्रो उपस्थिती जनाइसकेको छ भने प्रतिक्रिया पनि राम्रो पाइरहेको छ । यद्यपी कम्पनीले यो मोटरसाइकल कहिले लञ्च गर्छ भन्ने वषयमा भने केही मुख खोलेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend