logo
  • शनिबार, साउन ३० २०८३

दश हजार तिरेपनि एक हप्ता कुर्नुपर्ने राहदानी तीन दिनमै पाइने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

Nepali-passportकाठमाडौं, आषाढ ४ ।
राहदानी विभागले दश हजार रूपैयाँ तिरेर एक हप्तामा पाइने राहदानीलाई तीन दिनमै दिने भएको छ । घन्टौँ लाममा बसेर एकहप्तामा राहदानी लिने व्यवस्था भए पनि आगामी असार १५ गतेदेखि तीन दिनभित्रै राहदानी पाउने व्यवस्था मिलाइएको विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी दिए ।

उनले भने, “अहिलेसम्म दश हजार तिरेर एक हप्तामा पाउने राहदानी अब सोही शुल्कमा तीन दिनमा पाउने व्यवस्था मिलाएका छौँ । हिजो बसेको मन्त्री परिषद्को बैठकले कति समयमा राहदानी लिनेलाई कति शुल्क लाग्ने भन्ने बारेमा निर्णय गरेको थियो ।

सो बैठकले आकस्मिक रुपमा लिन परेको खण्डमा १५ हजार, दुई दिनमा लिनुपरेमा १२ हजार र तीन दिनमा लिएमा १० हजार रूपैयाँ लाग्ने निर्णय गरेको थियो । दश वर्षभन्दा कम उमेरका नाबालकका हकमा राहदानी शुल्कमा आधा रकम छुट दिइएको छ ।

महानिर्देशक थापाले राहदानी नभएका कारण टिकट रद्द गर्नुपर्ने अवस्था आउन नदिन यो प्रक्रियाले सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले भने – “राहदानी नभएर ५० हजारको टिकट स्थगन गर्नुपर्ने र रुँदै हिड्नुपर्ने अवस्थामा थप पाँच हजारमा उसको अधिकार स्थापित हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend