logo
  • शनिबार, भाद्र २० २०८३

बेलायती लेवर पार्टीकी सांसदको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

काठमाडौं, आषाढ ३।
गोली प्रहारबाट घाइते भएकी बेलायत लेवर पार्टीकी सांसद जो काक्सको मृत्यु भएको छ । उत्तरी इगल्याण्डको चुनावी क्षेत्रमा एक मिटिङमा रहेकी उनी माथि बन्धुक धारीले गोली तथा चक्कु आक्रमण गरेका थिए । १९९० मा आइरिश रिपव्लिकको हमलामा इयन गोको मृत्य भएपछि पहिलो पटक बेलायती सांसदको हत्या भएको हो ।
jo cox dead
हमलाबरलाई गिरफ्तार गरिएको छ । र, उनको घरबाट हतियार बरामद गरिएको बीबीसीले जनाएको छ । छिमेकीका अनुसार ५२ वर्षे हमलाकारी अविबाहित थिए । प्रत्यक्षदर्शीका अनुसार एक पुस्तकालयमा मिटिङ जारी रहको थियो र बाहिर बसेका दुई जनाको झगडामा काक्सले हस्तक्षेप गरेकी थिइन् ।

त्यस लगत्तै हमलाबरले बन्दूक निकाले र फयरिङ गरे । गोली लागेर सडकमा लडेकी सांसदलाई उनले फेरी चक्कु प्रहार गरेका थिए । युरोपीय संघको जनमत संग्रहको प्रचार अभियान यस घटना सँगै स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend