logo
  • शनिबार, साउन ९ २०८३

गुल्मीको दर्लामचौर गाविसमा सार्वजनिक सुनुवाई सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

टोपलाल अर्याल, गुल्मी आषाढ ३।
दर्लामचौर गाविसले आर्थिक बर्ष ०७२/७३को तेस्रो चौमासिक अन्तरगतको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । कार्यक्रममा गाविस सचिव जयपाल विकले चालु तथा पुजीगत तर्फको बजेट, योजना र कार्यान्वयनको अवस्थाको बारेमा जानकारी दिनु भएको थियो ।
gulmi publice confrence
कार्यक्रममा बोल्ले अधिकांशले सर्वदलिय संमयन्त्रको आलोचना गरेका थिए । अरुबेला चारदलिय संयन्त्र भन्दै अरुको समेत व्यवास्था गर्ने तर सार्वजनिक सुनुवाई जस्तो महत्वपुर्ण कार्यक्रममा उपस्थित नभएको भन्दै नेकपा एमाले र कांग्रेसको नेतृत्वको कडा आलोचना भएको थियो ।

सार्जजनिक सुनुवाईमा बजेट ढिला आउने प्रवृतिले असार साउन हुने अगुणस्तरिय कामको पनि बिरोध भएको थियो । कार्यक्रममा प्रत्येक वडामा संचालन भएका साना ठुला योजना तथा लक्षित समुह अन्तरगतको कार्यक्रमहरको बारेमा बृहत छलफल भएको थियो । साथै लामो समय देखि तार तानेर बिद्युत बल्न नसकेको प्रति पनि स्थानीयले गुनासो गरेको थिए ।

कार्यक्रममा समाजसेवी तोयनाथ सापकोटा, एमालेका श्रीर बहादुर कुवंर, कांग्रेसका नन्द बहादुर अर्याल, नेकपा माओवादी केन्द्रका नरेन्द्र कुवंर, दर्लामचौर स्वास्थ्यचौकीका प्रमुख दिपेन्द्र रिजाल, ठाढुंगा माविका प्रध्यानाध्यापक बिष्णु प्रसाद अर्याल लगायतले मन्तव्य राख्दै पहिलो पटक गाविसले सार्वजनिक सुनुवाई राखेको भन्दै धन्यबाद दिनुभएको थियो । कार्यक्रम गाविस सचिव जयपाल विकको अध्यक्षता, गाविस सहायक गोमा घिमिरेको स्वागत तथा पत्रकार टोपलाल अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend