साझा नेटवर्क
गुल्मीका ठेकेदारहरुको एकाधिकार तोडियो, गुमनाम हुन लागेको ४० करोड राज्यकोषमा सुरक्षित भन्ने शिर्षकको समाचार विभिन्न अनलाइन र पत्रिकाहरुमा आएपछि निर्माण व्यावसायी संघ आक्रोसित भएको छ ।
केहि दिन अघि नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं २ का सभासद चन्द्र भण्डारीको फेसबुक स्टाटसलाई स्रोत बनाएर हाम्राकुरा डटकम, तथा गुल्मीन्युज डटकममा प्रकाशित समाचार प्रति संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
संघले बिज्ञप्ती मार्फत यो पेसा व्यावसाय भन्दा फरक र साइनो सम्बन्ध समेत नभएका व्यक्ति बिशेषहरुले राज्यले बनाएको निति र नियमको समेत अध्ययन, जानकारी र ज्ञान समेत नराखी अज्ञानता र अनबिज्ञताका साथ गरिएको टिप्पणी हास्यास्पद र झुट भएको बताएको छ ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend