logo
  • शनिबार, साउन ३० २०८३

विभिन्न अनलाइल र पत्रिकामा प्रकाशित समाचार प्रति निर्माण व्यावसायी आक्रोसित


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी आषाढ ३।
गुल्मीका ठेकेदारहरुको एकाधिकार तोडियो, गुमनाम हुन लागेको ४० करोड राज्यकोषमा सुरक्षित भन्ने शिर्षकको समाचार विभिन्न अनलाइन र पत्रिकाहरुमा आएपछि निर्माण व्यावसायी संघ आक्रोसित भएको छ ।

13480050_1099220456809987_1995873536_n

संघले आज व्यावसायीहरुको बिशेष भेलाको आयोजना गरी त्यस्ता समाचार लेख्ने संचार माध्यम र व्यक्तिको कडा बिरोध गरेको छ । शुक्रबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्माण व्यावसायी संघ अध्यक्ष नारायण पोख्रेलले त्यस्ता कपोकल्पीत, झुट र भ्रामक समाचारबाट बिचलित नहुन सवै व्यवसायीहरुलाई अनुरोध गर्नुभयो ।

केहि दिन अघि नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं २ का सभासद चन्द्र भण्डारीको फेसबुक स्टाटसलाई स्रोत बनाएर हाम्रा कुरा डटकम, तथा गुल्मी न्युज डट कममा प्रकाशित समाचार प्रति संघले आफ्नो न्यानाकर्षण भएको जनाएको छ । संघले बिज्ञप्ती मार्फत यो पेसा व्यावसाय भन्दा फरक र साइनो सम्बन्ध समेत नभएका व्यक्ति बिशेषहरुले राज्यले बनाएको निति र नियमको समेत अध्ययन, जानकारी र ज्ञान समेत नराखी अज्ञानता र अनबिज्ञता साथ गरिएको टिप्पणी हास्यास्पद र झुट भएको बताएको छ ।

संघले जिल्लामा लाइसेन्स लिएकाले मात्र टेण्डर हाल्न दिने एकलौटी र अनियमिता गरेको भन्ने समाचार प्रति खण्डन गर्दै प्रमाणका रुपमा जिल्ला बाहिरका थुपै्र ठेकेदारहरुले जिल्लाका ठुला योजनाहरुमा काम गरिरहेको उदाहरण पेश गरेको छ । टेण्डर पुरा नहुदै कार्यालयका कुरा कसरी बाहिर गयो र माननिय ज्युले ४० करोड बच्ने भयो भन्ने लेख्नुभयो मलाई थाहा छैन, पोख्रेलले भन्नुभयो राज्यको निति र नियममा प्रतिस्प्रर्धा गरेर खाँदा पनि दुनियाँको टाउको दुखाई किन हुन्छ ।

संघका पुर्व अध्यक्ष बालसिहं काउछाले निर्माण व्यावसायीको क्षेत्रमा भएको हस्तक्षेप बिरुद्ध कानुनी उपचार खोजिने बताउनुभयो । जिल्लाका निर्माण व्यावसायीहरुको बिशेष भेलाको समाापन संगै आयोजना गरिएकोे पत्रकार सम्मेलनमा जिल्लामा क्रियाशिल संचारकर्मीहरुको सहभागीता रहेको थियो । सम्मेलनको सहजीकरण संघका महासचिव हरिकुमार श्रेष्टले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend