साझा नेटवर्क
कपिल ज्ञवाली, बुटवल, आषाढ ३।
रुपन्देहीले यसबर्ष पनि एसएलसीमा उत्कृष्ट नतिजा हासिल गरेको छ । जिल्लाको पश्चिम सैनामैना नगरपालिका मुर्गियामा रहेको सुनगाभा पब्लिक उच्च माविकी विद्यार्थी समीक्षा सुवेदीले ग्रेड प्वाइन्ट एभरेज जिपिए) ४ अंक हाँसिल गरेकी छन् ।

सतप्रतिशत ल्याउदै समीक्षा नेपाल फस्ट भएकी हुन् ।नतिजाको खुसियालीपछि विद्यालयले शुक्रबार मुर्गियामा र्यालीको आयोजना गरेको छ । अहिले सम्म ४ नै ल्याएको कोहि छैनन,बिद्यालयका प्राचार्य तिलब केसीले भने —‘हामी यो खुसिलाइ सबैसंग साट्न चाहन्छौं’ ।
छोटो प्रतिक्रिया दिदै समिक्षाले भनिन्—‘म एकदमै उत्साहित छु ,अब डाक्टर बनेर देशका गरिक दुखि बिरामीको सेवा गर्नेछु ।’
त्यसैगरी बुटवलस्थित अक्सफोर्ड उच्च माविका अमृत पाण्डेले ३.९५ अंक ल्याएका गरेका छन् । अक्सफोर्डका प्राचार्य दिनेश भुसालले भने—‘छात्र तर्फ अमृत नेपाल प्रथम भएको हाम्रो दाबि छ ,उनले ३ दशमलब ९५ ल्याएका छन् ।’
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend