logo
  • शनिबार, साउन ३० २०८३

नेपाली कांग्रेस गुल्मीद्धारा महत्वपुर्ण निर्णय सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी आषाढ २।
नेपाली कांग्रेस गुल्मीले पत्रकार सम्मेलन मार्फत केहि महत्वपुर्ण निर्णय सार्वजनिक गरेको छ । जेठ ३१ गते सम्पन्न कार्यसमितिले गरेका निर्णय सार्वजनिक गर्दै पार्टी सचिव खिलध्वज पन्थीले नयाँ कार्यशैली र योजनाको साथ अगाडी बढेको बताउनुभयो ।

बैठकले नयाँ नेतृत्व चयन भएपछि भएका कामको समिक्षा, जिल्लाका विभिन्न स्थानमा भएका आगोलागीमा पार्टीले खेलेको भुमिकाको बारेमा पनि छलफल गर्नुका साथै सहयोग गर्ने सवैलाई धन्यबाद दिएको छ । साथै सवै नेता कार्यकर्ताहरुको मुल्यांकन गर्न जिल्ला समापति भुवन प्रसाद श्रेष्टको संयोजकत्वमा समिति समेत गठन गरिएको छ ।

त्यस्तै बैठकले जिल्ला सम्मेलन तत्काल गर्ने, पदयीय हैसियतका आधारमा सदस्यता शुल्क निर्धारण गर्ने, गाउँ, क्षेत्र र जिल्लामा रिक्त रहेका पदपूर्ति गर्ने निर्णय गरेको सचिव पन्थीले जानकारी दिनुभयो । साथै पुर्व नयाँगाउँ पार्टी सभापति कमल थापाकी आमाको निधन प्रति शोक प्रस्ताव पनि पारित गरेको छ ।

पत्रकार सम्मेलनमा सचिव खिल ध्वज पन्थी, क्षेत्र नं ३ का सभापती भगतसिहं खड्का, तरुणदलका कार्यबाहक अध्यक्ष भरत भलामी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend