साझा नेटवर्क
गँगा खड्का, गुल्मी आषाढ २।
सेवाग्राहीको सन्तुष्टि मापन गर्ने एउटा आधार मानिएको सामाजिक परिक्षण हो । कार्यालय वा सँघ सँस्थामा आउने सेवाग्राही काम प्रति कति सन्तुष्ट छन् भन्ने बुझ्नलाइ गुल्मीका स्वास्थ्य सँस्थाको सामाजिक परिक्षण कार्यक्रम धमाधम शुरु भैरहेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीको सहयोगमा एकिकृत ग्रामिण बिकास समाजले दरवार देबिस्थान स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले कार्यालय वा स्वास्थ्य सँस्थामा भएको सेवा सुविधा प्रति नागरिक आफै अग्रसर भएर अगाडी बढ्नु पर्ने बताए ।उनले सबै कुरालाई सरकारको मुख ताक्ने नभई कुनै भौतिक सामग्री स्वयम स्थानियले स्वइच्छाले सहयोग गरे कुनै चिज को अभाव हुने छैन ।
स्वास्थ्य सँस्था एकदमै महत्वपुर्ण र सँवेदनशिल सँस्था भएकोले नागरिकलाई सहज रुपमा सेवा पुर्याउन कार्यरत कर्मचारी लागी पर्नुपर्ने र लागीरहेको पनि बताए । प्रत्येक नागरिक गा बि स मा भएका कार्यालयको काम प्रति चनाखो हुनुपर्ने बताउदै कुनै पनि कार्यालय कर्मचारीको नभई स्थानिय नागरिककै हुने भएकोले आबश्यक सहयोग गर्न समेतआग्रह गरेका थिए ।
सहभागीहरुले अहिले सम्म सेवा भनेकै समयमा पाएको बताएका थिए ।छलफलमा उठेका प्रश्नहरुको जवाफ दरवार देबिस्थान स्वास्थ्यचौकी का प्रमुख नारायण अर्याल र जिल्ला जनस्वास्थ्य प्रमुख राम जी बानियाले दिएका थिए । आर्थिक बर्ष २०७२।०७३ को बैशाख मसान्त सम्म ३२९४ जनाले सेवा लिएको स्वास्थ्य चौकी प्रमुख अर्यालले जानकारी दिए ।
कार्यक्रममा आफ्नो कार्यालय आफैँ बनाउँ भन्ने उदेश्यले गा बि स मा रहेका ३ वटा हेल्थ हटको् लागी एकिकृत ग्रामिण बिकास समाजको तर्फ बाट ३ वटा टेबुल स्वास्थ्य चौकी प्रमुख नारायण अर्याल बाट ३ वटा कुर्चि सहित स्थानिय ७ जनाले ८ वटा प्लाष्टिक का कुर्चि निशुल्क प्रदान गरेका थिए । कार्यक्रमको सहजीकरण सँस्थाका हिरा कुँवर ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend