logo
  • शनिबार, साउन ३० २०८३

सेवाग्राहीलाई चिया कफी खुवाउने नेपालकै पहिलो जिल्ला प्रसासन कार्यालय गुल्मी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी आषाढ ०१।
जिल्ला प्रसासन कार्यालय गुल्मीले सेवाग्राहीहरुलाई चिया तथा कफी पिउने व्यावस्था असार १ गतेबाट शुरु गरेको छ । आज पहिलो दिन सेवा लिन आउनुभएका दोहली ३ का एमाले नेता लक्ष्मण बिष्टले पहिलो सेवाग्राहीको रुपमा चिया पिउनुभएको छ । जिल्ला प्रसासन भनेको सवैको सेवा दिने साझा घर हो भन्ने मनोबैज्ञानिक भावना सेवाग्राहीहरुमा स्थापित गर्न नयाँ कामको थालनी गरेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले बताउनुभयो ।

13451271_1097830440282322_1807715253_n

उहाँले हतार र थाकेर आएका सेवाग्राहीलाई रिफ्रेस पनि गराउने तथा कार्यालयको काममा कुनै अप्ठ्यारौ हुदैन भन्ने देखाउन यो काम सांकेतिक मात्र भएको बताउनुभयो । यस्ता कामले नागरिकमैत्री सेवा प्रर्वद्धन हुने उहाँको विश्वास छ ।पहिलो सेवाग्राहीको रुपमा चिया पिउनुभएका नेता लक्ष्मण बिष्टले यो काम पारिवारीक सत्कार जस्तो भएकाले सेवाग्रहीहरुमा कार्यालय प्रतिको विश्वास अझ बढ्ने बताउनुभयो । त्यस्तै पत्रकार महासंघ गुल्मीका सचिव तारा भुसालले नयाँ काम र प्रयोगले नागरिकको आकर्षण बढ्ने हुँदा यो कामले निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो ।

13444347_1097830266949006_887321035_n

उहाँले कार्यालयको कुनै स्रोत नभएकाले यो कामलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउन सहयोगदाताहरुको साथ चाहिने बताउनुभयो । यो व्यावस्थालाई सहयोग पुर्याउन गुल्मी केयर विश्व संजालले २ वटा वाटर डिस्पेन्सर मेसिन सहयोग गरेको छ । त्यस्तै असार महिना भरी लाग्ने चिया कफी र चिनीको स्पोन्सर अखण्ड नेपाल पार्टीका प्रमुख तथा सदरमुकाम तम्घासका स्थानीय नेत्र बस्नेतले गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल गुल्मी आएपछिको यो मात्र नौलो काम होइन् ।

13436184_1097830436948989_1404211955_n

संचालन गरेका सरसफाई अभियान, क्लोथ बैंक, ध्वनी वडापत्र, यातयात सेवामा लगाइएको टाइम कार्ड लगायतका कामको जिल्लामा खुलेरै प्रसंसा हुने गरेको छ । जिल्लामा अहिले सम्म आएका प्रमुख जिल्ला अधिकारी मध्ये पृथक काम गर्ने कडेल इन्ट्रिगे्रटी आइडल समेत रहनुभएको छ । उहाँका योजना र भैरहेका कामहरुलाई निरन्तरता दिन अव आउने प्रमुख जिल्ला अधिकारीहरुलाई निकै चुनौतिको बिषय भएको पत्रकार जर्नादन घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend