साझा नेटवर्क
बाबुराम सिक्देल, आषाढ ०१।
सदाबहार आफ्नै स्थानमा टिकिरहने लोक गायक नबिन पौडेलले फेरी मन चाहीं यतै ढल्किनी नाम गरेको चुड्का गित बजारमा ल्याएका छन् ।
करिब पाँच दर्जनको हाराहारीमा आफ्ना एल्बम दर्शक श्रोतामाँझ उतारिसकेका गायक पौडेलको यो उनको पछिल्लो एल्बम हो । पाल्पाली गायक भनेर चिनिने नबिन पौडेल नेपालका हरेक जिल्लाका स्टेज कार्यक्रममा गएर दर्शकहरुलाई निक्कै रमाइलो गराउने गर्छन त्यस्तै दर्शकले पनि स्टेजको हिरो नै भन्ने गर्छन् ।
उनले आँफुले गाएका गित सबै राम्रो सबैले मन पराउने हुन्छ तरपनी अझै प्राय रोइला अनि चुड्का गित धेरै मिठास पनले समेटिएको हुन्छ त्यस्तै यसपटक पनि आफ्नै लय, शब्दमा एकदम रमाइलो पाराको नयाँ गितिसंग्रह भर्खरै मात्र सार्वजनिक गरेका छन् । सोही गितमा उनलाई कान्ती डम्बरपालले आवाजमा साथ दिएकी छन् । त्यस्तै भिडियो तर्फ चर्चित मोडल बिजय जंग थापा र रचना बम ले धेरै राम्रो भूमिकामा अभिनय गरेका छन् भने निर्देशन पनी बिजय थापाले नै गरेका छन् ।
भिडियो छायांकन करन चैसिर, सम्पादन प्रवीण रेश्मी मगरको रहेको छ भने शिव दर्शन डिजीटल प्रा.लि ले बजार बेवस्थापन गरेको छ । उक्त्त गितको स्वर र भिडियो दुवै रमाइलो चटपटे पाराको रहेको छ सुरिलो स्वरमा सजिएको गितमा बिजय अनि रचना दुवै मोडलले निक्कै रमाइलो फरक किसिमको अभिनय गरेका छन् ।
भिडियो हर्नुहोस ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend