logo
  • शुक्रबार, असोज ९ २०८३

अनुले सन्देशको मुटु छिया छिया पारेपछि..


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कुमार “अविरल” पन्थी ।
नेपाली गित संगीतको बजार ओरालो लागिरहेको बेलामा नया कलाकारहरुको जन्म हुने क्रम बढी रहेको छ । यसै क्रममा प्रसाद डिजिटलको प्रस्तुतिमा एकराज के.सी.को आधुनिक गीति एल्बम “तिमीलाई माया गर्ने मुटु” सार्वजनिक भएको छ । उक्त गीतलाई युटुब मार्फत सार्बजनिक गरीएको हो।
maya garne mutu
पछिल्लो सामय नेपाली गित सङ्गीतमा माया प्रेम, मिलन, बिछोडका विषय वस्तुलाई विशेष प्राथमिकताका साथ गितहरु तयार हुने क्रम बढिरहेको छ ।

“तिमीलाई माया गर्ने मुटु किन पार्यौ छिया छिया” बोलको गीतमा नेपाली सुगम संगीतका बहुचर्चित गायक प्रमोद खरेलले स्वर दिएका छन । उक्त गीतमा लय तथा शब्द एकराज केसीको रहेको छ ।

माया गर्ने मुटु किन पार्यौ छिया छिया गीतको म्युजिक भिडियोमा सन्देश शर्मालाई देख्न पाइने भएको छ । शर्माले करिब आधा दर्जन म्युजिक भिडियोमा अभिनय तथा डेढ दर्जन भन्दा बढी लोक तथा आधुनिक एल्बममा शब्द तथा लय शृजना गरिसकेका छन ।

प्रसाद डिजिटलले बजार ब्यबस्थापन गरेको माया गर्ने मुटु किन पार्यौ छिया छिया गितको भिडियोमा सन्देश शर्मा, अनु पराजुली र सुनिल ले अभिनय गरेका छन । बिक्रम चौहानको निर्देशन रहेको भिडियोलाई मुकेस हुमागाईले छायाँकन तथा नविन घर्ति मगरले सम्पादन गरेका छन ।


हेर्नुहोस भिडियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend