logo
  • शुक्रबार, असोज ९ २०८३

चलचित्र “गुड लक” श्रावण १४ मा रिलिज हुदै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सुर्य चन्द, काठमाडौँ आषाढ १।
नायिका सिर्जना बस्नेत द्वारा निर्माण तथा निर्देशन गरिएको बहु प्रतिक्षित नेपाली कथानक चलचित्र “गुड लक” यहि आउदो श्रावण १४ गतेबाट देश भर रिलिज हुदै छ । नेपाली चलचित्र क्षेत्रमा एक पृथक चलचित्र लिएर आउने कोसिसका साथ नायिका निर्मात्री तथा निर्देशक सिर्जना बस्नेतले दर्शक श्रोताहरुको लागि “गुड लक” लिएर आउदै छिन ।
final sitter_
सिर्जना बस्नेत यस चलचित्रको निर्देशन संगै निर्माता पनि भएकी छिन । चलचित्र “गुड लक”मा कल्याण घिमिरे, नवराज श्रेष्ठ र यसै चलचित्रबाट निर्देशक र निर्माता बनेकी सृजना बस्नेतको प्रमुख अभिनय रहेको छ । नवराज श्रेष्ठ यस चलचित्रबाट नब नायकको रुपमा आउदै छन, नबराज श्रेष्ठ अमेरिकामा बसोबास गर्दै आएका छन ।

final 30 x 40 1शिक्षा फिल्मस प्रालिको प्रस्तुतिमा बनेको चलचित्र “गुड लक”मा नवराज श्रेष्ठ, सिर्जना बस्नेत, रश्मी भट्ट र कल्याण घिमिरे जोसना फुयाल,रबिन्द्र खड्का,अमित श्रेष्ठ आदिको अभिनय रहेको यस सिनेमाको संगीत चेतन सापकोटाले भरेका छन् भने ‘गुड लक’का क्रिएटिभ डिरेक्टर मुस्कान ढकाल हुन् । कविराज गहतराज र शंकर विसीको संयुक्त नृत्य निर्देशन रहेको ‘गुड लक’लाई दर्शकले मन पराउने मा नायिका/निर्मात्री/निर्देशक सिर्जना बस्नेत ढुक्क छिन ।

एक युवतीको जिबन यात्रा माथि निर्भर रहने यस चलचित्रमा हास्य, सेण्टिमेण्टल, प्रेम कहानी, र अन्य कुराको समिश्रणलाइ राम्रोसंग प्रस्तुति दिएको र चलचित्र उत्कृष्ट बनेको दर्शकहरुले पूर्ण मनोरंजन प्राप्त गर्ने कुरामा निर्मात्री/निर्देशक सिर्जना बस्नेत ढुक्क छिन । साथै उनि भन्छिन चलचित्र राम्रो बनेको हुदा सम्पूर्ण चलचित्र प्रेमी दर्शकहरुलाइ चलचित्र हेरी सल्लाह सुझाब दिन पनि आग्रह गर्छिन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend